७ बैशाख २०८१, शुक्रबार

विस्फोटक पदार्थ सहित २ जना पक्राउ


कालीकोटः जिल्लामा विस्फोटक पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटबाट खटिएको टोलिले २ जनालाई पक्राउ गरि सोमबार विहान सार्वजनिक गरेको छ ।
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–९ बाट विस्फोटक पदार्थ सहित नरहरिनाथ गाउँपालिका बस्ने वर्ष ३६ का दुर्गराज बोहरा र जाजरकोट जिल्ला भेरीमालिका नगरपालिका–२ बस्ने वर्ष ३२ का पदमबहादुर पुनलाई प्रहरीले लालुबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्याल कालीकोटका प्रहरी निरीक्षक महेशविक्रम शाही र शसस्त्र प्रहरी बल कालीकोटका प्रहरी नायव निरीक्षक दिपेन्द्र सेटिको कमाण्डमा गएको टोलिले आइतवार दुगराज बोहोराको घरमा लुकाई छिपाई राखेको विस्फोटक पदार्थ सहित २ जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्ने सरकारद्धारा प्रतिवन्धित विप्लप निकट समुहका कार्यकता हुन् । उनीहरुबाट प्रहरीले अर्धनिर्मित बन्दुक १ थान, प्रेसरकुकर १ थान, जेवाले १ वटा, डेटेनोटर २४ पिस, पटक ५ पाकेट, सकेट ९ पिस, चार्ज व्याट्रि १ थान, व्याट्रि कनेक्सन १, गन्धक १ केजी, सोडा आधा केजी, नेपोलाईटर १ पिस, वायर कटर १ पिस, हिटर १, तार १ रोल, टेलिफोन तार १ रोल, केप बनाउन प्रयोग हुने क्याप १५ पिस, मेटाविनट १ बोत्तल, सेलो टेप ३ रोल, विस्फोटक पदार्थ सम्बन्धि किताव १ थान लगायतका विस्फोटक पदार्थ सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई विस्फोटक पदार्थ ऐन सम्बन्धि कावाही हुने जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।