१४ बैशाख २०८१, शुक्रबार

विपन्न परिवारको सारथी ओदा फाउण्डेशन (फोटो फिचर)


कालीकोटः जिल्लाको महावै गाँउपालिमा रहेको ओदा फाउण्डेशन विपन्न नागरिकको सारथि बनेको छ ।
महावै गाउँपालिकामा रहेका विपन्न नागरिकको सेवामा तल्लिन रहेको ओदा फाउण्डेशनको हिउँदमा देखिएको दृष्य निकै रोमान्चक छ । ’गाँउमा जमीन थिएन् । ओदा फाउण्डेशनले जग्गा दिलायो । खाने गास थिएन । ओदा फाउण्डेशनले खाद्यान्न दिएपछि परिवारको छाक टार्न सहज भएको त्यहाँका नागरिकले बताउने गरेका छन् । त्यतिमात्र कहाँ होर विरामी हुदा महावै गाउँपालिकाका अधिकाँश नागरिक ओदा फाउण्डेशनमा गएर नै उपचार गराउछन् ।


विपन्न गरिव नागरिकका लागि ओदा फाउण्डेशन गास बाससँगै बिरामी हुँदा निःशुल्क उपचार गरेर ठुलो उपकार गरेको नागरिकको भनाई छ । ओदा फाउण्डेशनका अध्यक्ष करन सिंहले दाताको सहयोगमा संचालित ओदा फाउण्डेशनले गाँउमा १५ शैयाको अस्पताल संचालन गरी सबैलाई निःशुल्क उपचार गराउर्दै आएको बताए ।


कालिकोट आफैंमा विकासको दृष्टिले पछि परेको जिल्ला हो । सदरमुकाम मान्मभन्दा पनि धेरै टाढाको दूरीमा रहेको अति विकट ओदा गाउका मजदुरी गरी छाक टार्ने स्थानिय दलित परिवारहरु लकडाउनका कारण छाक टार्न समस्या परेको थाहा पाएपछि राहत स्वरुप खाद्यान्न बितरण पनि गरिएको सिंहले बताए । सिंहको पहलमा ओदामा हिमालय सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको छ । कालीकोटको महावै गाउँपालिका–२ ओदा घर भएका सिंहले अमेरिकी नागरिकहरूसँगको सहकार्यमा अस्पताल खोलेका छन् ।


उनले स्थापना गरेको अस्पतालमा बालबालिका, अति विपन्न, महिला, दलित, जनजाति तथा पिछडिएको समुदायको निःशुल्क उपचार हुन्छ । ओदाको गाउँमै ओदा फाउन्डेशनमार्फत हिमालय सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना गरेर अहिले सयौं नागरिकहरूलाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिँदै आएको छु, करनले भने ।