कालीकाेटकाे बिकासका लागि गरेकाे याेगदानकाे प्रचार गरिन:- राष्ट्रिय याेजना अायाेग सदस्य शाही

कालीकोटः राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले आफु कालीकोटको विकासका लागि लागिपरेपनि कहिल्यै मीडियाबाजी नगरेको बताएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालीकोटको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले मुलुकलाई सुख, समृद्धि दिनका लागि विशेष कार्ययोजना बनाएर कार्यान्वयनको चरणमा रहेको बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डेको अध्यक्षता तथा राष्ट्रिय योजना आयोगका सदस्य शाहीको प्रमुख आतिथ्यतामा भएको पत्रकार भेटघाटमा उनले ३ वर्षको अवधिमा १ हजार सडक कालोपत्रे भएको, विद्युतमा प्रगती भएको, स्वास्थ्य, शिक्षा, रोजगारमा नागरिक सन्तुष्ट भएको बताए ।
अहिले राष्ट्रिय गौरवका आयोजनाका लागि पहल भइरहेको शाही बताए । उनले कर्णाली करिडोरलाई जोड्ने खुलालु पुल र कालीकोटमा विद्युत अवरुद्ध भएपछि जुम्लाबाट झिकाईएको जेनेरेटर आफ्नो पहलमा आएको जिकीर गरे । कालीकोटका अन्य साँसदहरुले आफुहरुले पहल गर्यौ भनेर भन्ने तपाईले म भन्ने पत्रकारको प्रश्नमा उनले यसभन्दा अगाडि पनि कालीकोटबाट साँसद हुर्दै उर्जा मन्त्री समेत भएका थिए त्यो बेला किन बनेन् उनले प्रश्न गरे । अवको ६ महिनामा खुलालुको पुल सम्पन्न गरिसक्ने शाहीको दावि छ ।
उनले कर्णालीको विकासका लागि रुपान्तरणकर्मी आयोजनाहरु कायान्वयन गरेको जानकारी दिए । उनले साविकको कर्णालीको विकासका लागि मुलत कर्णाली राजमार्गलाई २ लेनका बनाउन पहल भइरहेको बताए । कर्णाली राजमार्गमा काम कहिले सम्म सुरु हुन्छ भन्ने प्रश्नमा उनले आफु काठमाण्डौ गएर पुन कालीकोट फर्किए समय समेत तोकेर दिने बताए । कर्णाली प्रदेश राष्ट्रिय विकासको मार्गमा नपरेकाले आफ्नो पहलमा कर्णाली प्रर्देशलाई राष्ट्रिय विकासको मुलमार्गमा लिने काम भएको शाहीले बताए । उनले भने, ‘अव कर्णाली राष्ट्रिय विकासको प्राथमिकतामा पर्छ ।’
पत्रकार भेटघाटमै उनले यसपटकको कालीकोट बसाई नेपाल कम्यूनिष्ट पाटीले आयोजना गरेको कार्यक्रममा सहभागि हुनका लागि केन्द्रीत भएको बताए । उनले अहिलेसम्म नेकपा २ वटा भएको आफुले जानकारी नपाएको बताए । संसद विघटन गर्ने सम्बैधानीक अधिकार भएकाले देशलाई दुर्घटनाबाट बचाउनका लागि प्रधानमन्त्रीले संसद विघटन गरेको बताए । उनले सत्तापक्षबाट नै प्रधानमन्त्रीलाई काम गर्ने बातावरण सिर्जना नभएपछि बाध्य भएर संसद विघटन गर्नुपरेको जिकिर गरे ।

error: Content is protected !!