खुलालु पुल ६ महिनामा बन्छ

कालीकाेट: कालीकाेट जिल्लाकाे नरहरिनाथ गाउपालिकाकाे खुलालुमा बन्दै गरेकाे पुल अागामी छ महिनामा सम्पन्न गरिसक्ने राष्ट्रिय याेजना अायाेगका सदस्य मीनबहादुर शाहीले बताएका छन् ।
उनले बिगत १२ बर्षदेखि निर्माणकार्य सुरू गरिएकाे पुल अहिलेसम्म नबन्नु दुखद भएकाे बताए । 2078 साल असारभित्र खुलालु पुल बनेर गाडि गुड्नेमा ढुक्क हुन शाहिले कालीकाेटबासिलाई अाग्रह गरे । उनले कर्णाली प्रदेशले नै ईतिहासमा पहिलाे पटक राष्ट्रिय याेजना अायाेगकाे सदस्य पाएकाले गर्व गर्नुपने बताए । उनले भने, म पहिलाे पटक अायाेगकाे सदस्य भएकाे छु तर विशेष गरि कर्णालीकाे बिकासका लागि दिर्घकालिन अायाेजना पठाएकाे छु ।
कालीकाेट जिल्लाका प्रत्येक स्थानिय तहमा राष्ट्रिय याेजना अायाेगबाट धेरै अायाेजना दिएकाे शाहीले बताए । उनले भने तुलनात्मक रूपमा कालीकाेटमा धेरै याेजना भएपनि सन्ताेषजनक काम गर्न सकेनन् । उनले जिल्लाका स्थानिय तहले संचालन गरेका रेडियोहरू कुनै न कुनै दिन अाफै बन्द हुने जिकिर गरे । अहिले स्थानिय तहले माेटाे रकममा रेडियाे संचालन गरेका छन् यी रेडियो दिर्घकालिन नभएर अल्पकालीन रेडियाे हुन शाहीले भने, जिल्लाकाे बिकासका लागि सबैकाे हातेमालाे अाबश्यक छ ।

error: Content is protected !!