८ बैशाख २०८१, शनिबार

युवाको संकास्पद मृत्यु छानविनका लागि परिवारको माग


कालीकोटः जिल्लाको रास्कोट नगरपालिका वडा नं दुईका एक युवाको गत २१ गते राती मृत्यु भएको थियो । युवाको मृत्युको बिषयलाई लिएर परिवारले छानविन गरी दिन पत्रकार तथा नागरिक समाज संग माग गरेका छन । जया सिम्खडाका छोरा वर्ष ३४ का जन्म सिम्खडाको २१ गते राती सुतिरहेको अवस्थामा मृत्यु भएपछि परिवारले मृत्युको कारण प्रहरी समेत भएको भन्दै छानविनका लागि अनुरोध गरेका हुन ।
मृर्तक सिम्खडाको श्रीमती शान्तारोका मगर सिम्खडाले आफ्नो श्रीमानको मृत्युको कारण प्रहरीको यातना भएको भन्दै आफुले कृर्याकाज पछि राष्ट्यि मानवअधिकार आयोगमा समेत जाहेरी दिने बताईन् । उनले जिल्लाका पत्रकार र नागरिक समाजलाई आवश्यक खोजि गर्न अनुरोध गदै श्रीमानको कृयाकाज पछि यातना दिने प्रहरीका बिरुद्धमा कानुनको ढोका घच–घच्याउन पुग्ने वताइन् ।
गत फागुन चार गते रास्कोट दुई कै छिमेकी ब्यापारी मनिप्रसाद उपाध्यायको पसलमा भएको आगलागीका बिषयमा मृर्तक जन्म सिम्खडा लगायत ६ जना बिरुद्ध प्रहरी समक्ष किटानी दर्ता भएपछि अनुसन्धानका क्रममा प्रहरीले सिम्खडालाई यातना दिएको ६ महिना पछि खुलेको थियो । आफु दोसी नभएकाले जसले जती यातना दिएपनि आफुले कसैसंग गुनासो नगर्ने र न्यायको लढाई जित्ने वताउर्दै आएका जन्म सिम्खडाको यही पुस २१ गते राती निधन भयो ।
उनीसंगै २९ दिन हिरासतमा वसेकाले पनि आफुलाई सामान्य यातना दिएको तर जन्म सिम्खडालाई पाँच दिन सम्म लगातार यातना दिएको वताएका छन । हामीले सोधपुछका लागि लिन्छ सोचेका थियौँ । तर प्रत्येक दिन यातना दिन लिने रहेछ संगै हिरासतमा वसेका भिमप्रसाद उापाध्यायले भने । एक दिन शरिर निकै दुखेको आफुले जानकारी पाएपछि के भयो भन्दा प्रहरीले निकै यातना दिएको भने । कसैलाई नभन्नु वाहिर हल्ला चलेमा फेरी यातना दिन्छु भनेको छ । भनेर बाहिर भन्न नसकेको बताए ।
पत्रकारले थाह पाएमा मार्छु समेत भनेकाले न्यायको लढाई नसकिदै म मर्न सक्दिन त्यसैले कतै नभन्नु भनेर हामीलाई सुझाव दिएकाले आदालतमा समेत हामीले हाम्रो कानुन ब्यबसायीलाई यातना नदिएको वताएको उपाध्यायले वताए ।
हिरासतमा संगै रहेका भिमप्रसाद उपाध्यायलाई पनि प्रहरीले आफुलाई यातना दिएको स्वीकार गरे उनले भने, हामीले अलि कम यातना पायौँ । तर जन्म सिम्खडा (अपिल) ले धेरै पाए । सबैको सल्लाहमा यातनाका बिषयमा वाहिर नभन्ने भन्यौ । अव मान्छेको ज्यान नै गईसकेकाले भन्नै पर्नेभयो । उसो त यातना पाईरहेकै वेला पत्रकार बिश्वनाथ सिम्खडा मार्फत मलम मगाईएको रहेछ । प्रहरीले मलम मगाएको जानकारी पाएपछि त्यो राती फेरी यातना दियो, संगै हिरासतमा रहेका बिशामित्र सिम्खडाले भने । आज मलम मगाएको जानकारी पाएछ । फेरी यातना दियो । कोठामा हल्ला नगर फेरी आएर मलाई मार्छ भनेर काका जन्मले भनेको कुरा उहाँले धरौटीमा छुटे लगतै भनेका थिए । सिम्खडा संगै सम्खडाकी श्रीमती शान्तरोका मगर सिम्खडा, मृर्तक सिम्खडाका दाई वडा नं दुईका वडा अध्यक्ष दयाराम सिम्खडा, गाउका शंकर सिम्खडा, बिशामित्र सिम्खडा, भिमप्रसाद उपाध्याय गरी छ जना बिरुद्ध मुद्धा दर्ता भएको थियो ।
हाल आएर मुद्धा अदालतमा बिचाराधिन छ । गाउँको रिसेवीले सबै टोलका युवालाई समेटी मुद्धा हालि दुख दिएको सबैले भन्दै आएका छन । तत्काल अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले भने हामी यातना नदिएको कुनै सिपाईको कुरा हो भने अनुसन्धान हुने वताउदै आएका छन । पिडित युवाले पनि प्रहरीका तल्लो तहकाले यातना दिएको वताएका छन । नाम चिन्दैनौ । मुखमा पट्टी लगाएर आउथे मान्छे देखेमा चिन्छौ तर नाम थाह छैन ।