८ बैशाख २०८१, शनिबार

पलातामा लागेको ग्रेटवाल भत्काईयो


कालीकोटः जिल्लाको पलाँता गाउँपालिका–९ थिर्पुमा विगत लामो समयदेखि लागेको वाल भत्काइएको छ ।
धेरै अघिदेखिको स्थानीय सरकार र नागरिक वीच भएको विवादले लगाइएको वाल भत्काइएको नमराज न्यौपानेले जानकारी दिएका छन् । गाउँपालिकाले आयोजना गरेको बैठकमा पीडित पक्ष र गाउँपालिका पीडितका समस्या समाधान गर्ने भएपछि करिव ८÷९ महिनादेखि लागेको वाल भत्काइएको हो । पलातामा खनेको सडकले सिचाई कुलो भत्काएपछि वडा नं ९ का नागरिकले सिचाई गर्न पाएर्नौ भनेर निमार्ण गरिएको सडकमा वाल लगाएर सवारीसाधनलाई आवतजावतमा रोक लगाएका थिए ।
उक्त वाल हटाउन प्रशासनले पटकपटक ताकेता गरेपनि हटाइएको थिएन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मंसिरको महिना पलाँतामा जाँदा वाल हट्छकी भन्ने नागरिकको आकलनले पनि फेल खाएको थियो । पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले गाउँ कार्यपालिकाको बैठक बोलाएर छलफल गरेपछि पीडित पक्षले वाल हटाउन सहमति गरेपछि वाल हटाइएको हो । यस विषयमा जिल्ला प्रशासन कार्यालयमा पनि पटक पटक कुरा उठाइएपनि वाल हटाइएको थिएन ।
सडक निमार्ण गर्दा भत्काइएको सिचाई कुलोको पुर्ननिमार्ण नगरेपछि नागरिकले असारे खेति लगाउन नपाएको, परापूर्वक कालदेखि बनाइएको पुल काटेको भन्दै वीच सडकमा ढुङगाको वाल लगाएका थिए ।