८ बैशाख २०८१, शनिबार

कर्णालीका बालबालिकाका लागि पोषणयुक्त तयारी दिवा खाजा


सुुर्खेत । नेपाल स्वास्थ्य फुड इन्डष्ट्रिजको बालबालिका लक्षित पोषणयुक्त दिवा खाजा कर्णालीमा सुरु गरिएको छ । विराटनगरमा उत्पादन गरिएको उक्त पोषणयुक्त दिवा खाजा सुर्खेतका दिपक ढकाल र बालकृष्ण भट्टराईले आधिकारिक बिक्रेताको रुपमा बिक्रि सु्रु गरेका हुन् ।
सरकारले सार्वजनिक विद्यालयमा विद्यार्थीलाई सिकाउन र टिकाउन दिवा खाजा कार्यक्रमलाई मुख्य माध्यमको रुपमा अघि सार्दै यस कार्यक्रमलाई देशभर अघि बढाउने नीति लिएको छ । उक्त नीति अनुसार बालबालिकाहरुलाई पौष्टिक आहार उत्पादन गरेको दिपक ढकालले बताए । प्रति विद्यार्थी दैनिक २० रुपैयाँ बराबरको उक्त दिवा खाजा कर्णालीका सबै विद्यालयमा पु¥याउने लक्ष्य रहेको उनले बताए ।
सुर्खेतका केही विद्यालयमा सम्झौता गरी उक्त खाजा पु¥याउन सुरु गरिएको बिक्रेता ढकालले जानकारी दिए । ‘सामुदायिक विद्यालयमा दिवा खाजा मापदण्ड तथा कार्यक्रमको मापदण्ड अनुसार उत्पादन गरिएको उक्त दिवा खाजा कर्णालीका सबै विद्यालयमा पु¥याइने छ’ उनले भने, ‘बालबालिकाका लागि आवश्यक पोषणयुक्त तयारी खाजाले विद्यार्थीको सिकाई र स्वास्थ्यलाई तन्दुरुस्त बनाउन मद्यत गर्नेछ ।’
कर्णालीका सामुदायिक विद्यालयका नर्सरी देखि कक्षा पाँचसम्म अध्ययनरत बालबालिकाका लागि प्रभावकारी हुने उनले बताए । सरकारले आव २०७७÷०७८ को बजेटमार्फत ४३ जिल्लामा सञ्चालित दिवा खाजा कार्यक्रमलाई सबै जिल्लामा विस्तार गर्ने घोषणा गरेको छ । सरकारको कार्यक्रमबाट मुलुकभरका २८ लाख बालबालिका लाभान्वित हुने सरकारी अनुमान छ । यसका लागि सरकारले सात अर्ब ५२ करोड रुपियाँ बिनियोजन गरेको छ ।
विद्यार्थीलाई विद्यालयमा टिकाउन, सिकाईमा प्रेरित गर्न र पोषणयुक्त खाजा उपलब्ध गराउने नै दिवा खाजा कार्यक्रम प्रभावकारी हुने सरकारको अनुमान छ । विद्यालयले पेश गरेको अघिल्लो महिनाको विद्यार्थी हाजिरीका आधारमा यसको निकासा पाउने व्यवस्था गरिएको जनाइएको छ । न्यूूनतम १८० दिनको खाजा खान हिसाबले विद्यार्थीलाई खाजा वापतको रकम दिने गरिन्छ । यसबाट कर्णाली प्रदेशका विद्यार्थीले प्रति दिन २० रुपियाँ पाउँछन् ।