शैक्षिकसत्र सकिदा पनि किताव देख्न पाएर्नौ

कालीकोटः जिल्लाको शुभकालीका गाउँपालिकाका विद्यार्थीहरुले अहिलेसम्म पनि पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् ।
पढाई सुरु भएको ५÷६ महिना वितिसक्दा पनि अधिकाँश विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । निम्न माध्यमिक र माध्यमिक तहमा अध्यनरत विद्यार्थीले अझै किताब पाउन नसकेको गुनासो गरेका छन् । शुभकालीका गाउँपालिकाको महादेव मावि राराकाटियामा आयोजना गरिएको बालकचहरिमा विद्यार्थीले उक्त गुनासो गरेका हुन् ।
महादेव माविमा अध्ययनरत विद्यार्थीले अझै पुस्तक पाउन सकेका छैनन् । पाएकाले पनि पुरा सेट नपाएको कारण पढाईमा समस्या भएको गुनासो गरेका थिए ।


विद्यार्थीको गुनासो १ वर्षदेखि प्रअको अनुहार नै देखेर्नौ
कालीकोटः कविता चौलागाई अहिले कक्षा १० मा पढ्छिन् । उनी जिल्लाको शुभकालीका गाउँपालिका–४ मा रहेको महादेव माविमा अध्ययरत छात्रा हुन् ।
केही महिना कोरोना भाईरसले विद्यालय नियमित संचालन नभएपनि अहिले विद्यालय संचालन भइरहेको छ । उनी प्रत्येक दिन विद्यालय त जान्छिन् तर विद्यालयमा गएपछि उनले आफुलाई पढाउने शिक्षकको अनुहार समेत देख्न पाएकि छैनन् । उनी मात्र होइन महादेव माविमा अध्ययन गर्न सर्लाही जिल्लाबाट आएका विक्रम शाह रोहनियाले पनि शिक्षकको अनुहार देख्न पाएका छैनन् ।
पूर्ण छात्रबृतिको कोटाबाट कालीकोटमा आइएसी एजी अध्ययनका लागि आएका शाहले आफु पढ्ने विद्यालयका प्रधानाध्यापक र शिक्षक को हुन् भन्ने मेसो पनि पाउन नसकेको गुनासो गरे । उनले भने, ‘सर्लाहीबाट छात्रवृतिमा अध्ययन गर्न आएको १ वर्ष भयो मैले मेरो विद्यालयका प्रधानाध्यापक को हुन् भन्ने सम्म पनि थाहा पाएको छैनन् ।’ उसो त विद्यालयमा नियमित प्रधानाध्यापक र शिक्षक उपस्थित हुने भए आफ्ना शिक्षकको अनुहार विद्यार्थीले हेर्न पाउने थिए ।


कहिले कसो आउने विद्यालयका प्रधानाध्यापक दुर्गबहादुर शाहीलाई महादेव माविका विद्यार्थीले राम्रो संग चिनेका पनि छैनन् । विद्यालयमा नियमित नआउने प्रधानाध्यापक र शिक्षकलाई कसरी सेवा सुविधा प्रदान गरिन्छ भन्दै महादेव माविका विद्यार्थीले प्रश्न गरे ? विद्यालयमा शिक्षक नियमित छन् भनेर वडाले हाजिरी प्रमाणित कसरी गर्यो भन्दै प्रश्न उठाएका छन् । शुभकालीका गाउँपालिकाको महादेव माविमा आयोजना गरिएको बाल कचहरीमा विद्यार्थीले यस्तो प्रश्न उठाएका थिए ।
बालकचहरीमा बोल्दै सोही विद्यालयमा अध्ययनरत सुरेन्द्र पाण्डेले प्राय शिक्षकहरु मद्यपान र धुम्रपान गरेर विद्यालयमा आउने आएपनि नपढाउने भन्दै गुनासो गरेका थिए । महादेव माविमा अध्यापन गराउने अधिकाँ शिक्षक मदिरा सेवन गरि विद्यालयमा आउने गरेका छन् । २०२० सालमा स्थापना भएको विद्यालयको अहिलेसम्म पनि स्तरउन्नती नहुनुमा विद्यालय व्यवस्थापन समिति मुख्य दोषि भएको अभिभावकको गुनासो रहेको छ । महादेव मावि अहिलेसम्म राजनीतिक खिचातानीले विकास हुन नसकेको नागरिकको प्रश्न छ ।
अहिलेसम्म पनि विद्यालयको गतिलो भवन छैन । विद्यालयमा कम्प्यूटर ल्यावको स्थापना गरिएको छ । तर अहिलेसम्म हाम्रा नानिबाबुले कम्प्यूटर देख्न नपाएको अभिभावकले बताए ।


अधिकाँश शिक्षक खेताला
महादेव मावि राराकाटियामा अध्यापन गराउने अधिकाँश शिक्षक खेताला रहेको पाइएको छ ।
आफ्नो सट्टामा आफ्ना नजिकका मान्छेलाई राखेर सरकारी सेवासुविधा आफुले लिने गरेका छन् । महादेव माविमा अध्यापन गराउर्दै आएका सामाजिक विषयका शिक्षक सुरेन्द्रबहादुर शाहीले आफ्नो आफन्त परेकबहादुर शाहीलाई सट्टामा राखेर आफु सुर्खेत बस्र्दै आएका छन् ।
उनी विद्यालयमा आफु नियमित नआउने तर उनले सट्टामा राखेका शिक्षक पनि नियमित नहुने गरेको विद्यार्थीको गुनासो रहेको छ । १ महिना अघिदेखि सट्टामा राखेका शाही कहिले विद्यालयमा फिर्ता भएर आफै अध्यापन गराउने हुने अहिलेसम्म जानकारी भने अभिभावकहरुलाई छैन । उनीमात्र होइन उक्त विद्यालयमा अध्यापन गराउने शिक्षक नियमित विद्यालयमा नआउने आएपनि १ महिनाको हाजिरी एकै पटक गरेर सरकारी सेवा सुविधा हड्प्ने गरेका छन् । यता यस विषयमा वडा सरकारले आफुले तत्काल विद्यालय व्यवस्थापन समितिको बैठक बसाली यस विषयमा सोधखोज गर्ने प्रतिवद्धता गरेका छन् ।
शुभकालीका गाउँपालिका–४ का वडाध्यक्ष रामबहादुर शाहीले प्रधानाध्यापकलाई तत्काल विद्यालयमा बोलाएर यसविषयमा छलफल गर्ने बताएका हु्न् ।