७ बैशाख २०८१, शुक्रबार

किन हुदैन खोजि कता हरायो अख्तियार


कालीकोटः करिव एक वर्ष अगाडी कालीकोट जिल्लाको शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले एक लाख घुस लिएको अडियो सार्वजनिक भयो । गाउँपालिका अध्यक्षले नै घुस लिएको अडियो सार्वजनिक भएपछि चौतफि रुपमा चर्चा पायो । चर्चा बिस्तारै हरायो । अख्तीयारको जिम्मेवार निकाय जिल्ला प्रशासन कार्यालय समेत एक शब्द के हो भनेर न अध्यक्षलाई सोध्यो । न त अडियो सार्वजनिक गर्ने मिडियाका पत्रकारलाई ।
विभिन्न सामाजिक संजालमा चरित्र हत्या गरियो भनियो तर सम्बन्धित निकायमा कोही पुग्नै सकेनन् । अन्तत त्यो अडियो कता हरायो हरायो ? गत असारमा जिल्ला कृषि विकास कार्यालयमा मार्फत पलाता गाउँपालिकामा ४० लाखको योजना गयो । पलाता गाउँपालिका वडा नं दुईका वडाध्यक्ष विरी विक र पलाता कृषि शाखा प्रमुख उत्तम शाहीले १५ लाखमा ठेक्का दिएर अरु रकम दुरुपयोग गरेको प्रमाण सहितको समाचार प्रकाशनमा आयो । त्यो घटनाले केही दिन जिल्लामा चर्चा कमायो त्यो पनि विस्तारै हरायो ।
त्यति मात्र होइन् जिल्लाको सान्नित्रिवेणी गाउँपालिका वडा नं तीनका वडाध्यक्ष विष्णुप्रसाद देवकोटासंग पराजित वडाध्यक्ष जनक देवकोटाले मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत मन्त्रालयमा केही पैसा दिनुपर्ने भन्दै उपभोक्तावाट तीन लाख मागे । उनले त्यो पैसा न मन्त्रालयमा दिए न कुनै नेतालाई । आफै तीन लाख झ्वाम पारे । सान्निवित्रेणी तीन कै वडाध्यक्षले मुख्यमन्त्री रोजगारमा आफ्नै आफन्त राखी करिव एक लाख भन्दा बढी रकम लिएको भरपाई समेत देखिन्छ । तर कसैले आर्थिक दुरुपयोग गरेको भनेर स्पष्टीकरण लिएनन् ।
केही दिन अघिमात्र कर्णाली प्रदेशका साँसद कुर्मराज शाहीले योजना मिलाईदिने भन्दै नौ लाख रुपैया मागेको आरोप लाग्यो । उनलाई लागेको आरोपले पनि चर्चा पायो । नौ लाख रुपैयाँ फिर्ता दिनलाई चेक समेत दिएको चेकको फोटो समेत सार्वजनिक भयो । समाचार आएको दिनमा अदालतमा जाने भनेर आफन्तलाई सुनाएका साँसद अदालत नगएर आफ्ना आसेपासे मार्फत गलत हो भनेर प्रतिकार गर्न सुझाव दिए ।
आफु भने एकाएक चुपचाप लागे । एक वर्षको अवधिमा कालीकोटमा भएका यि अनियमितताका घटना अहिलेसम्म पनि छानविन हुन सकेका छैनन । पार्दशिता, जवाफदेहितालाई आत्मसाथ नगरि यहाँका जनप्रतिनिधिले आफ्नो दुनो सोझाउने काम गरिरहेको बिभिन्न घटनासंगका प्रमाणले देखाउछ । तर अख्तीयारको जिम्मेवारी पाएको जिल्ला प्रशासन के गदैछ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले आफु कालीकोट भरखर आएकाले अफिसमा के छ वुझेर अनुसन्धान हुने वताए । माननिय कुर्मराज शाहीको बिषयमा भने उनीहरुको लिनदेन भएको आफुले सुचना पाएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । दुई करोडको ठेक्का हुन्छ कसैले पनि योजना एक ब्यक्तिलाई मिलाउन नसक्ने भएकाले लिनदेनमा कुरा नमिलेर वाहिर आएको प्रतिक्रिया प्रमुख जिल्ला अधिकारीले दिए ।