२८ माघ २०८१, सोमबार

‘मुखियाको छोरो’ देउडा हुड्केउली गितको म्यूजिक भिडियो बजारमा


कालीकोटका चर्चित गायक धर्मराज न्यौपाने ‘सिशिर’ को देउडा हुड्केउली गितको म्यूजिक भिडियो बजारमा आएको छ ।
कालीकोटको कालो गितबाट आफ्नो गितक्षेत्रमा राज जमाउन सफल गायक न्यौपानेको पछिल्लो हुड्केउली गित बजारमा आएको हो । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा छायांकन गरिएको बिल्कुलै नयाँ हुड्केउली गित कालीकोटको कालो युट्यूव च्यानलबाट बजारमा आएको छ ।


कालीकोटको मौलिकता झल्काउने ‘मुखियाको छोरो’ हुड्केउली गितमा गायक न्यौपाने चिर्चित गायिका रेखा जोशिको स्वर रहेको छ । भने, यस भिडियोमा गायक शोर्णिम शाही लगायत कालीकोटका स्थानीय कलाकारको अभिनय रहेको छ । यस गितमा निर्देशन खस भाषाको चलचित्र पानकलीका निर्देशक खगेन्द्र न्यौपानेले गरेका छन् । गित काठमाण्डौमा रहेको मंगलम रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको थियो ।