स्टिल पार्टमा जिंक कोटेट नगरि पुल निमार्ण गरिर्दै


कालीकोटः नरहरिनाथ गाउँपालिकामा रहेको खुलालुमा बन्दै गरेको मोटरेवल पुलको स्टिल पाट्समा जिंक कोटेट नगरि पुल निमार्ण गरिएको भन्दै चौतर्फी विरोध भएको छ ।
कर्णाली करिडोर अन्तरगर्त पर्ने खुलालु बन्दै गरेको पुलमा राखिने स्टिल पाट्समा जिंक कोटेट नगरि आफ्नो मनोमानी ढंगले निमार्ण गरिएपछि कालीकोटमा रहेका प्राविधिकहरुले विरोध गरेका छन् । लामो समयदेखि कालीकोटका दक्ष प्राविधिकका रुपमा चिनिएका कम्मरबहादुर बमले सामाजिक संजालमार्फत गौरवको आयोजनालाई दिगोपना हुन नदिनका लागि यस्तो गरिएको बताए ।
सामाजिक संजालमा सव इन्जिनियर बमले स्टाटस लेखेपछि विभिन्न प्राविधि, यहाँका नेता, बुद्धिजीवी लगायतले तत्काल प्रोजेक्ट डिजाई सच्चाउनुपर्ने माग राखेका छन् । हामीसंग कुरा गर्दै सव इन्जिनियर बमले भने, ‘हामीले घर बनाएको हैन पुल बनाएका र्हौ, घरमा ग्रिल हालेको होइन यो डिजाईन गर्ने प्रोजेक्टको कमजोरी हो ।’ डिजाईन स्टिमेट १० वर्ष पुरानो भन्दैमा अहिलेपनि पुरानै डिजाईनमा पुल निमार्ण गर्न मिल्छ यसको अनुगमन कसले गर्ने प्रतिप्रश्न गरे । ग्याल्वो नाईट गर्नका लागि १०÷१५ लाख मात्र खर्च हुन्छ । करोर्डौको ठेक्कामा १०÷१५ लाख खर्च गर्न किन ठेकेदार पछि परेको होला ।
नेपाली काँग्रेसका युवा नेता दमनबहादुर शाहीले समयमै यसको अनुगमन गर्नुपर्ने बताएका छन् । उनले सामाजिक संजालमा तत्कालै यसको सत्य तथ्य छानविन गर्नुपर्ने बताएका हुन् ।