२७ माघ २०८१, आईतवार

जिल्ला साहित्यिक प्रतिष्ठानको अध्यक्षमा पाण्डे


कालीकोटः जिल्ला साहित्यिक प्रतिष्ठान कालीकोटको नयाँ कार्य समिति चयन गरिएको छ । जिल्लालाई साहित्यबाट चिनाउनका लागि केही महिना पहिले गठन गरिएको साहित्य प्रतिष्ठानले पुन नयाँ कार्य समिति चयन गरेको हो ।
उपाध्यक्ष राजन अधिकारीको अध्यक्षतामा बसेको बैठकले नयाँ कार्य समिति चयन गरेको छ । जिल्ला साहित्यिक प्रतिष्ठान कालीकोटका तत्काली अध्यक्ष रमेशबहादुर बुढाले स्वास्थ्य सेवा कार्यालय कालीकोटको फार्मेसीमा कार्यरत कर्मचारीसंग घुस मागेर चौतफी विरोध भएको थियो । प्रतिष्ठानका अध्यक्ष बुढाले प्रतिष्ठानको गरिमा, नियम विपरित कार्य गरेको भन्दै फागुन २४ गते प्रतिष्ठानका अध्यक्षबाट निलम्बन गरेको थियो ।
निलम्बनमा परेका बुढाले अहिलेसम्म पनि प्रतिष्ठानको बैठक बसाल्न नसकेको प्रतिष्ठानको सम्पर्कमा नरहेको भन्दै प्रतिष्ठानका बहुमत सदस्यले नयाँ कार्य समिति चयन गरेको छ । जिल्ला साहित्यिक प्रतिष्ठानका सदस्य चन्दा पाण्डे ‘चादनी’ लाई सर्वसहमतिमा अध्यक्षमा चयन गरिएको छ । जसको उपाध्यक्ष राजन अधिकारी सचिवमा दानबहादुर खत्री सहसचिवमा टेकबहादुर बोगटी लक्ष्मी पाण्डे कोषाध्यक्ष भावना पाण्डे सह कोषाध्यक्ष प्रेमप्रसाद अधिकारी वरिष्ठ सदस्य प्रभु बोहोरा बन्दना देवकोटा रमेश विष्ट सदस्यमा चयन भएका छन् ।