१६ चैत्र २०८०, शुक्रबार

रित्तो जर्किन लगेर नगरपालिका


कालीकोटः कालीकोटमा पिउने पानीको अभाव भएपछि बजारबासी रित्तो जर्किन लगेर नगरपालिका गएका छन् ।
लामो समयदेखि मान्मका स्थानीय नागरिकका धारामा पानी नआएपछि आक्रोशित बनेका यहाँका बजारबासी रित्तो जर्किन लगेर नगरपालिका गएका हुन् । उनीहरुले अव तत्कालै पिउने पानीको व्यवस्थापन गर्न नगरपालिकालाई चेतावनी स्वरुप खाली जर्किन लिएर नगरपालिका गएका थिए । करिव २ महिनादेखि धारामा पानी नआएर हैरानी खेप्न बाध्य भएका बजारबासीले खाडाचक्र नगरपालिका–१ को वडा कार्यालयमा ताला लगाएपश्चात रित्तो जर्किन लिएर नगरपालिका गएका हुन