७ बैशाख २०८१, शुक्रबार

फ्लोर क्रस गरेका शाहीले पाए मन्त्री पद


कालीकोटः जिल्लाको प्रदेशसभा क्षेत्र नं क का प्रदेशसभा सदस्य कुर्मराज शाहीले फ्लोर क्रस गरि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि उपहार स्वरुप मन्त्री पद पाएका छन् ।
नेपाल कम्यूनिष्ट पाटी नेकपा एमाले (माधव) समुहका नेता शाहीले पाटीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । शाही सहित माधव समुहका अन्य ३ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको मुख्यमन्त्री पद जोगिएको थियो । भने ४ जनाको कारण नेकपा एमालेका नेता यमलाल कडेंलको मुख्यमन्त्री बन्ने तेस्रो पटकको सपना सपनामा सिमित रहेको छ ।
अघिल्लो दिन विश्वासको मत दिएका माधव समुहका साँसद मध्ये ३ जना साँसदले पछिल्लो दिन अर्थात शनिवार मन्त्री पद पाएका छन् । नन्दसिंह बुढाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन्, अमरबहादुर थापा भौतिक पूर्वाधार विकास मन्त्री र कुर्मराज शाही उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् ।