७ बैशाख २०८१, शुक्रबार

कखरा लेख्ने हातले लालसलाम


कालिकोटः तस्बिरमा देखिएको यो दृष्य बनावटी दृष्य भने होइन । नत यहाँ कुनै नाट्य श्रृङखलाको सुटिङ हुर्दैछ । नत यो शैक्षिक, सिपमुलक तालिमको सुरुवात हुदैछ । हो त एक पाटीले आफ्नो भातृ संगठन गठन गर्दै गरेको दृष्य ।
देव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी स्कुल पोसाकमै छन् । विद्याथी अध्ययन गर्ने कक्षा कोठामा भएको बोर्डमा नेपाल कम्यूनिष्ट पाटी ९माओवादी केन्द्र० को भातृ संगठन अनेरास्ववीयूको झण्डा टासेको छ । कलम चलाउने हातले लालसलाम गर्न अर्थात अविवादन गर्न सिकाइएको छ । विद्यालयमा शिक्षक नियमित नभए कार्वाही गर्ने भन्दै कोरा नारा लगाउने भातृ संघ संगठनहरुले नै कक्षा ७÷८ मा पढ्ने विद्यार्थीहरुलाई खोजि खोजि पाटीको कार्यक्रममा उपस्थित गराउने गरेका छन् ।
कालीकोटमा रहेका राजनीतिक दलहरुले केही वर्ष पहिले सामुहिक प्रतिवद्धता गरेका छन् बालबालिकालाई राजनीतिक कार्यक्रममा सहभागि नगाराउने त्यति मात्र होइन । जिल्लाका अधिकाँश विद्यालय शान्ति क्षेत्र घोषणा गरिएका छन् । शान्ति क्षेत्र घोषणा भएका विद्यालयमै यहाँका राजनीतिक दलका भातृ संघ संगठनहरुले आफ्ना क्रियाकलाप संचालन गर्दै आइरहेका छन् ।
गत माघ १३ गते केपी शर्मा ओलीको कार्यक्रममा पढाउन छोडेर शिक्षक जिल्लामा आए भन्दै अनेरास्ववियूले प्रमुख जिल्ला अधिकारीलाई ध्यानआकर्षण पत्र पेश गरेको थियो । महावैमा पुन अनेरास्ववियूले नै आफ्नो इकाइ कमिटी गठन गरेको दृष्यले अहिले सामाजिक संजाल रङगिएको छ । सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले विद्यालय शान्ति क्षेत्र नारामा र कागजमा सिमित छन ।
अनेरास्ववियूका जिल्ला संयोजक मनसिंह शाहीले विद्यालयमा विद्यार्थी कमिटी गठन गर्न पाउने भएकाले आफुहरुले कमिटी गठन गरेको बताए । उनले भने, ‘विद्यालयमा विद्यार्थी कमिटी गठन गर्न पाउर्दैनन् भने विद्यार्थी कमिटी हटाउनुपर्यो नत्र विद्यालयमा विद्यार्थी कमिटी गठन नगरि कता गर्ने ।’
यता विद्यालय कक्षा कोठामै झण्डा टाँगेर इकाइ कमिटी गठन गर्नु गलत रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । विद्यालय जस्तो क्षेत्रमा राजनितिक गतिविधी बढिरहेको प्रति आफ्नो चासो र चिन्ता रहेको उनको भनाई छ । यस विषयमा आफुले विद्यालय प्रशासनलाई बुझेर खबर गर्ने बताए ।