८ बैशाख २०८१, शनिबार

खेलकुदको विकासमा लाग्ने छु ः– सुनार


दैलेखः खेल क्षेत्रलाई मर्यादित र अनुशासित बनाएर खेल क्षेत्रको गरिमालाई उच्च बनाउने खेलकुद विकास समिति दैलेखका सदस्य तिर्थ सुनारले बताएका छन् ।
कर्णाली प्रदेश खेलकुद विकास समितिले युवा नेता तथा दैलेख निवासी सुनारलाई जिल्ला खेलकुद विकास समितिमा मनोनित गरेको छ । जिल्ला खेलकुद विकास समितिको सदस्य भए पछि युवा नेता सुनारले खेलक्षेत्रलाई व्यवस्थित र मर्यादित बनाएर अघि बढाएर लैजाने बताए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सुनारलाई सदस्यमा मनोनित गरेको थियो । उनलाई कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ को दफा १६ को उपदफा २ (छ) बमोजिम दैलेख जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनित गरेको हो । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्रामित्र संज्यालले उनलाई मनोनित पत्र दिएका थिए ।
सुनार लामो समयदेखि राजनीतिकसंगै सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको छन् ।