६ बैशाख २०८१, बिहीबार

कोरोना संक्रमितको संख्या दुई सय ४८ पुग्यो


कालीकोटः जिल्लामा पछिल्लोसमय कोरोना संक्रमितको संख्या २ सय ४८ पुगेको छ । कोरोना भाईरस कोभिड १९ को दोस्रो चरणमा जिल्लामा संक्रमित हुनेको संख्या २ सय ४८ पुगेको हो ।
संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुर्दै गइरहेको छ । कोरोना संक्रमितको संख्या बृद्धि हुर्दै गएपछि जिल्ला प्रशासन कार्यालय कालिकोटले २ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ ।
जिल्लाका ९ वटै स्थानिय तहमा लागू हुनेगरी निषेधाज्ञा थप गरिएको हो । आज २६ गते राति १२ वजेदेखि लागू हुने गरी जेठ २ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । शनिवार विपद व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा बसेको वैठकले निषेधाज्ञा कडाइका साथ जिल्लाका ९ वटै स्थानिय तहमा लागुहुने गरि जेठ २ गते सम्म गरिएको निर्णय गरेको छ ।