७ बैशाख २०८१, शुक्रबार

व्यापारी ठग्दै उद्योग वाणिज्य संघ


कालीकोटः कालीकोट उद्योग वाणिज्य संघले व्यापारीलाई ठगेर रकम उठाएको रहस्य बाहिरीएको छ ।
कालीकोट उद्योग वाणिज्य संघले मान्ममा व्यापार व्यवसाय गरिरहेका खाद्य खुद्धा व्यापारीलाई बजार दररेट उपलव्ध गराएर रकम उठाएको रहस्य बाहिरीएको हो । उद्योग वाणिज्य संघले मान्ममा रहेका व्यापारीलाई २ पानाको फोटोकपी गरेर ५० रुपैया असुलेको छ । अधिकाँश व्यापारीले दररेट किने पनि कतिपय व्यापारीले दररेट किनेका छैनन् ।
उद्योग बाणिज्य संघले २ पानाको दररेटको ५० रुपैया मुल्य बनाएपछि आफुले दररेट नकिने एक व्यापारीले बताए । उनले भने, ‘हामीलाई दररेटको आवश्यक थिएन उद्योग बाणिज्य संघले दररेट कायम गरेपनि हामीलाई ५० रुपैयाको कुनै रसिद नदिएकाले आफुले दररेट नराखेको हुँ ।’
यता उद्योग बाणिज्यसंघका अध्यक्ष रतनबहादुर शाहीले आफुहरुले दिएको दररेट वाफतको रकम उद्योग बाणिज्य संघको खातामा जम्मा हुने भएकाले ५० रुपैया बनाएको बताए । उनले आफुहरुले लिएको ५० रुपैयाको सम्पूर्ण व्यापारीलाई नगदि रसिद दिएको दावि गरे । यता प्रमुख जिल्ला अधिकारीले ५० रुपैयाको रसिद उद्योग बाणिज्यसंघले अनिवार्य दिनु पर्ने बताए । उनले उद्योग बाणिज्यसंघले रसिद दिए नदिएको विषयमा आफुले बुझ्ने बताए ।
सोमबार विहान सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमन गरिएको छ । बजार अनुगमनका क्रमममा उद्योग बाणिज्य संघले गरेको बदमासीको पर्दाफास भएको हो । ५० रुपैया लिएर उद्योग बाणिज्य संघको खातामा रहने कुनै प्रमाण भेटिएको छैन । उद्योग बाणिज्य संघले नगदि रसिद सहित ५० रुपैया मागेको भए हामीले दररेट राख्ने थिर्यौ एक व्यापारीले भने, ‘हामीलाई रसिद विनानै रकम मागेपछि आफुले दररेट राखिन ।’