रत्तश्रावका कारण सुत्केरीको मृत्यु

कालीकोटः जिल्लामा अत्यधिक रत्तश्रावका कारण एक सुत्केरीको मृत्यु भएको छ । समयमै गतिलो उपचार नपाउदा उनको मृत्यु भएको हो ।
जिल्लाको रास्कोट नगरपालिका–६ की १९ वषिया निसा फर्सालको रत्तश्रावका कारण मृत्यु भएको छ । सुत्केरी व्यथा लागेपछि रास्कोटमा रहेका अस्पताल चाहार्दा चार्हर्दै फर्सालको मृत्यु भएको जनाइएको छ । उपचारका लागी स्यूना अस्पताल गएका फर्साललाई स्यूना अस्पतालमा दक्ष जनशक्ति नहुँदा सामुदायिक अस्पतालमा पठाइएको थियो । सामुदायिक अस्पतालमा उनको भिडियो एक्सरे पछि उनको अवस्था सामान्य भन्दै चिकित्सकले घर जान सल्ला दिए ।
घरमा गएपछि पुन सुत्केरी व्यथाले च्यापेपछि निसालाई पुन स्यूना स्वास्थ्य चौकी लगियो । स्यूना स्वास्थ्य चौकीमा छोराको जन्म दिनइसकेपछि अत्यधिक रत्तश्राव भयो । स्वास्थ्य चौकीका अहेव धुर्व फडेराले भने, ‘छोरा जन्माइसकेपछि अत्यधिक रगत बग्यो हामीले उपचार गरिरहेका थिर्यौे तर सम्भव भएन मंगलबार विहान ५ बजे स्वास्थ्य चौकीमा नै उनको मृत्यु भयो ।’