७ बैशाख २०८१, शुक्रबार

संक्रमितलाई पिठ्यूमा बोकेर उपचार गर्न आउनुपर्ने बाध्यता


कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिका–६ माल्कोटका कोराना संक्रमितलाई उपचारका लागि पिठ्यूमा बोकेर ८ घण्टाको पैदलबाटो हिडेर उपचारका लागि मान्म पुगाईएको छ ।
नरहरिनाथ गाउँपालिका–६ की स्थानीय भरु विकलाई उनका श्रीमान गन्जे विकले ८ घण्टाको पैदलबाटो पिठ्यूमा बोकेर मान्म कोभिड अस्पतालमा पु¥याएका छन् । दम रोगबाट ग्रसित भरुलाई कोरोना संक्रमण भएपछि अक्सिजनको अभाव भएको थियो । नरहरिनाथ गाउँपालिकामा अक्सिजन सहितको स्वास्थ्य सेवा नभएपछि नरहरिनाथ गाउँपालिका–६ का वडाध्यक्ष तुलाराज विकले उपचारका लागि मान्म जान भनेका थिए ।
उनका श्रीमान हिजो (सोमबार) विहान करिव ९ बजेतिर घरबाट भरुलाई पिठ्यूमा बोकेर हिडेका थिए । उनी बेलुका ४ बजेतिर मात्र मान्म पुगे । उसो त नरहरिनाथ गाउँपालिका र खाडाचक्र नगरपालिकाको सिमानामा पर्ने कालेखोलबाट यातायातका साधन नियमित संचालन हुन्छन् । अहिले निषेधाज्ञाका कारण यातायातका साधन संचालन नभएपछि आफ्नो श्रीमतिको उपचारका लागि गन्जेले भारी बोके जसरी पिठ्यूमा श्रीमतिलाई बोकेर मान्म पु¥याएका छन् ।
मान्ममा रहेको कोभिड अस्पतालमा कोरोना परिक्षण गर्दा उनलाई पोजेटिभ आएको कोभिड अस्पतालका संयोजक डा. राजकमल कार्कीले जानकारी दिए । कोरोना संक्रमितको नजिन नजाने, नियमित मास्कको प्रयोग गर्ने भनेपनि गन्जेलाई उपचारका लागि पिठ्यूमा बोकेर मान्म ल्याउनुपर्ने रहर होइन बाध्यता थियो । नरहरिनाथ गाउँपालिकाले आफ्नो वडामा ५० वटा मात्र किट पठाएको वडाध्यक्ष तुलाराज विकले बताए । उनले भने, ‘वडामा ६ देखि ७ सय जना नागरिक छ ५० वटा किटले कतिको परिक्षण गर्नु गाउँपालिकाको भरमा पर्नुभन्दा मान्म जान आफुले नै उनीहरुलाई भनेको हुँ ।’
नरहरिनाथ गाउँपालिकामा प्रयाप्त अक्सिजन भएको दावि स्वास्थ्य शाखाले गरेका छ । तर त्यहिका नागरिक नरहरिनाथ गाउँपालिकाबाट मान्ममा नै आउने गरेका छन् । नरहरिनाथ गाउँपालिकाले कहिले देला आफ्ना नागरिकलाई पूर्ण विश्वास । हामीसंग पूर्ण रुपमा अक्सिजन नभएपनि विरामीलाई चाहिने जति अक्सिजन भएको स्वास्थ्य संयोगक अमर बटालाले दावि गरे । गुणस्तरीय स्वास्थ्य सेवा गाउँपालिकाले दिन सकेको भए किन नागरिक ८ घण्टाको पैदलबाट हिडेर मान्ममा सेवा लिन आउने थिए ।

गाउँपालिकाको गाडि नागरिकलाई कहिले चाहिने
जिल्लाको नरहरिनाथ गाउँपालिकाले लाखौको गाडि खरिद गरि हुल्म र मान्ममा राख्ने गरेका छ । तर नरहरिनाथ गाउँपालिकाका स्थानीय नागरिक कोरोना संक्रमितलाई पिठ्यूमा बोकेर अस्पतालसम्म ल्याउनुपर्ने बाध्यता रहेकोछ ।
गाउँपालिकाले खरिद गरेको गाडि नागरिकलाई कहिले चाहिएला ? स्थानीय सरकारका प्रमुखले प्रयोग गर्ने गाडि हामी गरिव जनतालाई नचाहिने रहेछ हाम्रा भोट मात्र उनीहरुलाई चाहिने रहेछन् । गन्जे विकले दुखेसो पोखे । अहिले जिल्लाका कतिपय स्थानीय तहले आफुले प्रयोग गर्ने गाडि नागरिकलाई हस्तान्तरण गरिरहेका बेला नरहरिनाथ गाउँपालिकाका नागरिकले मृत्युशैयामा लडिरहेपनि स्थानीय तहको गाडि विरामी बोक्नका लागि पाउन सकेका छैनन् ।
गाउँपालिकाको गाडि भन्दा पनि धीर विष्टको गाडि भएको नागरिकले बताउने गरेका छन् । नागरिकको सेवामा नचाहिने गाडिमा आगो लगाएपनि हुने वडाध्यक्ष विकले बताए । उनले भने हामी पनि गाउँपालिकाका जनप्रतिनिधि र्हौ वडाका प्रमुख हामी र्हौ हामीलाई गाडि दिदैनन् भने मेरा स्थानीय नागरिकले कसरी गाडि पाउलान् । उनले कसैले सक्छ भने गाडिमा आगो लगाई दिन आग्रह गरे ।