एक सय घरमा खानेपानी धारा जडान

कालीकोटः जिल्लाको पचालझरना गाउँपालिकाले एक सय घरमा खानेपानीको धारा जडान गरेको छ ।
पचालझरना गाउँपालिका–४ राम्नाकोटका १ सय घरधुरीले आफ्नै घर आगनमा खानेपानी पाएका छन् । गाउँपालिकाको करिब ८० लाख रकममा निमार्ण भएको वृहत खानेपानी आयोजनाबाट राम्नाकोटमा पहिलो चरणमा एक सय घरधुरीमा शुद्ध खानेपानी पुगेको हो ।
गाउँभरीमा तिन वटा मुलका सार्वजनिक धारामा लाइन लागेर पानी खानु पर्ने वाध्यताको अन्त्यगरी घर घरमा पानीका धारा जडान भएपछी राम्नाकोट वासी खुशी भएका छन ।
अव राम्नाकोट वासिको शुद्ध खानेपानी खाने चाहाना पुरा भएको गाउँपालिकाले जनाएको छ ।