१३ बैशाख २०८१, बिहीबार

आइसोलेशनलाई रेडक्रसको सहयोग


कालीकोटः जिल्लामा रहेका विविभन्न आइशोलेसनहरुलाई नेपाल रेडक्रस सोसाईटी शाखा कालीकोटले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी कालीकोटले जिल्लाका स्थानीय तहमा रहेका आइशोलेसनलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को रोकथाम र नियन्त्रणमा सहयोग पुग्नका लागि रेडक्रसले स्वास्थ्य सामाग्री सहयोग गरेको सभापति बलप्रसाद संज्यालले बताए । उनका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा आवश्यक स्वास्थ्य सामाग्री सहयोग गर्ने बताए । उनले खाडाचक्र नगरपालिकामा बुधबार र रास्कोट नगरपालिकामा विहिबार सामाग्री हस्तान्तरण गरिसकेको जानकारी दिए ।
उनका अनुसार रेडक्रसले अक्सिजन कन्सरट्रेटर, मास्क, पल्स अक्सिमिटर, साबुन, सेनिटाईजर, पिपिइ, ग्लोबस्, फेसियल, थर्मल गन, सोडियम, जनचेतना मुलक व्यानर, डस्ता, सिरानी, तन्ना लगायतका सामाग्री सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कालीकोटद्धारा संचालित स्वास्थ्य र खानेपानी सरसफाई तथा स्वच्छताका लागि सामुदायिक सहकार्य परियोजना अन्तरर्गत ९ वटै स्थानीय तहमा स्वास्थ्य सामाग्री सहयोग गरिएको थियो ।