७ बैशाख २०८१, शुक्रबार

उमेर समूह परिवर्तन गरेर,कोरोनाविरुद्ध चिनियाँ खोप आजदेखि दिने


सरकारले आज मंगलबारबाट खोप अभियान सुरु गर्दैछ। चीन सरकारले १० लाख भेरोसेल खोप उपलब्ध गराएपछि जेष्ठ नागरिकलाई खोप दिइन लागिएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा झलक गौतमले ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिए। शुरुमा ६० देखि ६४ वर्ष उमेरका सबै नागरिकलाई खोप लगाउने भनिएको थियो । तर, अहिले उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्षकालाई खोप दिइने भनिएको छ।

नेपालमा ६० देखि ६४ वर्षका साढे आठ लाख जनसङ्ख्या छ। हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने छ।

#coronakhop