जस लिनेको होडवाजी

कालीकोटः कालीकोट जिल्लामा राष्ट्रिय प्रशारण लाईनको विस्तार भएसंगै राजनीतिक जस लिनेको होडबाजी चलेको छ ।
दैलेखबाट कालीकोटसम्मको ३३ केभि प्रशारण लाईन विस्तार भएसंगै जिल्लामा राजनीतिक जस लिनेको संख्या बढेको छ । जेठ २४ गतेबाट राष्ट्रिय प्रशारण लाईको विस्तार भएको छ । जिल्लामा विभिन्न राजनीतिक दलहरुले हाम्रो पाटीले विद्युत विस्तारमा भुमिका खेलेको भन्दै प्रचार गरिरहेका छन् । लामो समयदेखि अन्धकार भएको जिल्लामा बत्तिको विकल्पका लागि नबोल्ने यहाँका राजनीतिक दलहरुले अहिले राष्ट्रिय प्रशारण लाईन विस्तार भएपछि जनतामा भ्रम सिर्जन ागर्न थालेका छन् ।
जिल्लाका सवै राजनीतिक दलहरुले हाम्रो पाटी सरकारमा भएको बेला गरेको निर्णय भन्दै सामाजिक संजाल रङग्याएका छन् । तर कालीकोट हुर्दै जुम्लासम्म राष्ट्रिय प्रशारण लाईन विस्ताका लागि महत्वपूर्ण भुमिका खेल्ने तत्कालीन सुर्खेत क्षेत्र नं ३ का संविधान सभा सदस्य तप्तबहादुर विष्ट, दैलेख क्षेत्र नं २ का संविधान सभा सदस्य लक्ष्मी प्रसाद पोख्रेल, कालीकोट जिल्ला संविधान सभा सदस्य तुलाराज विष्ट र जूम्ला जिल्लाबाट संविधान सभा सदस्य बलबहादुर महतले खेलेको भुमिका भन्दा पनि यहाँका राजनीतिक दलले आफ्नो पाटीको प्रचार गरिरहेका छन् ।