८ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभा विघटन मुद्दामा आज सुनुवाइ हुने


 

काठमाडाैं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज बुधबारदेखि सुनुवाइ हुने भएको छ। संवैधानिक इजलासमा लगातार दुई दिनसम्म स्थगित भएको सुनुवाइ सुरु हुन लागेको हो। सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधिसभा विघटन गरेपछि सर्वाेच्चमा ३० वटा रिट दायर भएका थिए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराई रहेका छन्।

प्रतिनिधिसभा विघटन खारेज र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले रिट दायर गरेको थियो।