८ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश, असार ९ गतेदेखि नियमित सुनुवाइ हुने


काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दामा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा देखाउ आदेश जारी गरेको छ ।

बुधबार बसेको संवैधानिक इजलासले विघटनसम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । त्यस्तै, यी मुद्दामा असार ९ गतेदेखि नियमित सुनुवाइ हुने पनि इजलासले निर्णय गरेको छ ।

रिट निवेदकले अन्तरिम आदेश माग गरेपनि इजलासले त्यो भने दिएन । रिट निवेदकमध्ये शेरबहादुर देउवासहितका १ सय ४६ सांसदको निवेदनलाई प्राथमिकता दिएर सुनुवाइ हुने भएको हो ।

देउवालगायतको निवेदनको परिणामले अन्य रिट निवेदनलाई प्रभाव पार्ने भन्दै उक्त निवेदनलाई सुरुमा सुनुवाइ गर्ने भएको हाे ।