२४ घण्टामा ४३४४ जना निको हुँदा ५७६८ संक्रमित थपिए

केही दिन यता कोरोनाभाइरस संक्रमित भन्दा निको हुने दर धेरै रहेको छ । पछिल्लो समय कोरोना संक्रमित भन्दा निको हुने दर धेरै हुँदै आएको सन्दर्भमा सोमबार पनि सोही तथ्यांक आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७६८ जना संक्रमण मुक्त भएका छन् भने ४३४४ जना नयाँ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ४ हजार ५६८ जनाको परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार ७४ जनाको परीक्षण गर्दा ३ हजार ४४९ जनामा संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा जम्मा १६ हजार ६४२ जनाको परीक्षण भएको थियो । पछिल्लो २४ घण्टामा मात्रै ८१ जनाले ज्यान गुमाएका छन् ।