१४ बैशाख २०८१, शुक्रबार

सभामुख सापकोटाले प्रधानमन्त्रीसहित दलका शीर्ष नेतालाई छलफलमा बोलाए


काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित अरू दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन्।

समसामयिक विषयमा छलफल गर्न भन्दै सभामुख सापकोटाले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग शुक्रबार छलफल गर्न लागेका छन्।सभामुख सापकोटाले छलफलमा सहभागिताका लागि भन्दै दलका प्रमुख नेताहरूलाई पत्र नै पठाएका छन्। सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ।

बैठक शुक्रबार अपराह्न संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने तय भएको छ। प्रतिनिधि सभा दोस्रोपटक विघटन भएपछि सभामुख सापकोटाले पूर्वसभामुख र कानून व्यवसायीसँग यसअघि छलफल गरेका थिए ।