सर्बोच्चले गरिदियो एमालेले कार्वाही गरेका चार सांसदलाई पुनर्बहाली

काठमाडौ। सर्वोच्च अदालतले कर्णालीका चार प्रदेश सांसदलाई पुनर्बहाली गरेको छ । कर्णालीमा फ्लोर क्रस गरेर माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमालेका प्रदेश सांसदलाई पुनर्वहाली गर्न आदेश दिएको हो । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले यस्तो आदेश दिएको हो ।

नेकपा एमालेले फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको भन्दै कर्णालीका प्रदेशसभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई कारबाही गरी निष्कासन गरेको थियो । त्यसका विरुद्ध चारै जना सर्वोच्चमा पुगेका थिए । सर्वोच्चले बिहीबार अन्तरिम आदेशमार्फत उनीहरूलाई पुनर्वहाली गरिदिएको हो ।

प्रदेश सांसदहरूलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च दिएको अन्तरिम आदेशमा भनिएको छ ।