४ बैशाख २०८१, मंगलवार

दुई हजार ४०७ संक्रमित थपिँदा, तीन हजार ९९४ निको भए


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार चार सय ७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पीसीआर विधिबाट एक हजार ६९४ र एन्टीजेन परीक्षणबाट सात सय १३ गरी जम्मा दुई हजार ४०७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा नेपालमा तीन हजार ९ सय ९४ कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । खोप अभियान सुरु भएको र निषेधाज्ञा कार्यान्वयनमा कडाइ गरेसँगै पछिल्लो समय कोरोना भाइरसको संक्रमणदर घट्दै गएको छ ।