८ बैशाख २०८१, शनिबार

राजमार्ग अबरूद्व


कालीकोटः केही दिन अघिदेखि आएको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
बिहिवार विहान परेको अविरल वर्षाका कारण कालिकोटको गगने खोलाको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको जुम्ला–सुर्खेत सडक खण्ड अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिकास्थित गगने खोलामा भारी वर्षाका कारण विहिवार विहान पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।
गगने खोलाको भिरबाट बर्सेनी पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको छ । यो वर्षको सुरुवातमै त्यसै ठाउँमा पहिरो गएको हो । करिव ४ दिनदेखि निरन्तर पानि परेसंगै कालिकोट जिल्लाको शुभकालिका गाँउपालिकाको– १ स्थित गगने खोलामा पहिरो खसेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।
बाढीका कारण जिल्लाको तिलागुफा नगरपालिका–१ पाद्मा खोलाले एक मोटरसाईकल बगाएको छ । लु १९ प २०४८ नम्बरको मोटरसाईकल बाढीले बगाएको प्रहरी निरीक्षक भुपेन्द्रबहादुर शाहीले जानकारी दिए ।