कालीकाेटमा चलचित्र निर्माण हुँदै


कालिकोट: कालिकोट जिल्लामा “शैलानी” नामको नेपाली चलचित्र निर्माण हुने भएको छ ।यहाँको भौगोलिक, रितिरिवाज र दश वर्षे जनआन्दोलनको अवस्थालाई चरिथार्थ रुपमा वास्तविक अवस्थाका बारेमा कालिकोटको भुगोलमा नेपाली चलचित्र नामक शैलानी निर्माण गर्ने भएको हो ।
फिल्मसको कथा लेख्ने काम अन्तिम चरणमा पुगिसकेकाले अव फिल्मको छयांकन सुरु गर्ने लेखक तथा निर्देशक निराजन शाहीले बताएका छन ।
उनका अनुसार, ‘कथा लेखन कार्य अन्तिम चरणमा पुगिसकेको छ’, अव छयांकनका लागी तयारी थालिएकोछ।’ कथामा विषेश गरी कालिकोटकै रितिरिवाज, भौगोलीक अवस्थता र दश वर्षे जनआन्दोलनको वास्तविक पिढाबारे कथामा समावेश गरिएको छ । यसमा पात्र, र अन्य व्यवस्थापन गर्न समय लाग्ने भएकाले छायांकन सुरु गर्न सकिएको छैन ।’
चलचित्र नंया प्राविधिमा निर्माण हुने भएकाले खर्चको व्यवस्थापन गर्न समस्या भइरहेको छ । विषेश कथा स्थानिय भुगोल र रितिरिवाजमा रहेकाले पात्र पनी स्थानियनै हुने छ । यसका लगी आर्थिक अभाव रहेको निर्देशक शाहीले बताए । स्थानिय तहले चलचित्र निर्माणमा सहयोग गर्न शाहीले आग्रह गरे ।’ स्थानिय, रितिरिवाज, र एैतिहासिक रुपमा चलचित्र निर्माण हुने भएकाले पनी स्थानिय सरकारले सहयोग गर्न सक्ने उनको विश्वास छ । उनले भने,’ ‘चलिचित्रमा खेल्न चाहाने कलाकार र इछुक महानुभावहरुले सम्पर्क गर्न पनी अनुरोध गरे ।
चलचित्रको लेखक तथा निर्देशक निराजन शाही तिन वर्षे सिनेमा निर्देशन र सम्पादनमा अध्यायन सम्पन्न गरसिकेका छन ।
कर्णालीपाटी । १४ असार २०७८, सोमबार १८:१५