कालिकोटमा जिप दुर्घटना: एकको मृत्यु, ४ जना घाइते

कालिकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रास्कोट नगरपालिका वडा नम्बर ६ सन्नीघाटमा मंगलबार बिहान जिप दुर्घटना हुँदा ३६ वर्षीय पम्फा फडेराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

रास्कोटबाट क १ ज २३ नम्बरको उक्त जिप जितेगढा बजार आउँदै गर्दा दुर्घटनामा परेको थियो। प्रहरीका अनुसार दुर्घटनामा चार जना घाइते छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ।

जिपमा चालकसहित १२ जना सवार थिए। ओरालो सडकमा अनियन्त्रित भएर जिप दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।