सभापतिमा शाहीको चर्चा

कालीकोटः नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटको सभापतिमा दमनबहादुर शाहीको चर्चा चलेको छ ।
साउन २३ गते हुने जिल्ला कार्य समितिको सभापतिमा शाहीको चर्चा बढ्दै गएको छ । नेपाली काँग्रेसको यही साउन २३ गते जिल्ला अधिवेशन हुर्दै छ । जिल्ला अधिवेशनका लागि धेरै नेताको सभापतिमा आँकाक्षा भएपनि दमनबहादुर शाहीको चर्चा भने निकै चलेको छ । युवाको मनमा बस्न सफल नेता शाहीलाई काँग्रेसमात्र नभएर अन्य राजनीतिक दलको पनि साथ रहेको छ । दमनबहादुर शाहीलाई सभापति बनाउनका लागि अन्य दलले पनि समर्थन गरेका छन् ।

यस्तो छ शाहीको राजनीतिक पृष्ठभूमि
–बिधालय जीवनमा नेबिसंघका गतिविधिमा संलग्न,
–२०५१ को मध्यावती निर्बाचन मा कांग्रेसको पक्षमा मतदान
–२०५४ मा मतदान प्रक्रियामा सहभागी
–२०६५ सालबाट क्याम्पस नेबिसंघको राजनीतिमा सक्रिय महेन्द्ररत्न क्याम्पस ताहाचल २०५७ बाट त्रिचन्द्र क्याम्पसमा २०७६ सम्म इकाइ सदस्य हुँदै इकाई उपाध्यक्ष सम्म ।
–२०६३ सालको परिबर्तन पछि बनेको संयुक्त सरकारका पाला रास्कोट नगर बिकासमा कांग्रेसको तर्फबाट सदस्य भएर काम गरेको
–पार्टी हरेक गतिविधि, चुनाव सक्रिय भएर लागेको
–२०५९ देखि राजाको शासन कालमा काठमाडौमा भएका आन्दोलनमा प्रहरी द्वारा गिरफ्तार
–द्वन्द्वकालमा माओवादीद्वारा अपहरण परि मुक्त भएको
–खेलकुद बिकास समितिमा रहि जिल्लाको खेलकुद बिकासमा काम गरेको ।
–पार्टीको २०६७ सालबाट जिल्ला कार्यसमिति सदस्य रही पार्टीका तर्फबाट विभिन्न राजनीति गतिबिधी, बिकास निर्माणका गतिबिधी, सर्बदलिय सर्बपक्षिय कार्यमा पार्टीको स्पस्ट अडान कायम गर्दै मत प्रकट गरेको ।
–२०७२ सालको जिल्ला अधिबेशनमा सचिबको उम्मेदवार कार्यकर्ताको चाहना हुदाहुदै नेता काली बहादुर सहकारी र हिक्मत बिस्ट बिच एकता कायम गराउन सदस्य पदमा लड्दै सबै भन्दा बढी मत प्राप्त गरि बिजयी ।

शाहीका यी काँग्रेस भित्रका राजनीतिक यात्राहरु हुन् । उनले अघिल्लो अधिवेशनमा कालीबहादुर सहकारीलाई विजयी गराउनका लागि आफु सदस्य पदमा उम्मेदवारी दिएर अत्यधिक मतले विजयी भएका थिए । कालीबहादुर सहकारी र हिक्मत विष्टको चाहानामा यस पटक आफु सभापति हुने शाहीको दावि छ । सभापतिको आकाँक्षि हिक्मत विष्ट भएपनि उनले शाहीलाई नै सहयोग गर्ने कुरा बाहिरीएको छ । शाहीले भने, यस पटक जिल्लामा नेतृत्व दिने सहमति अनुसार नै मैले सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको हुँ ।’