८ बैशाख २०८१, शनिबार

खुसीयाली मनाउन नदिने प्रशासन विरोधसभा गर्न खुलेयाम दिन्छ


कालीकोटः सवोच्च अदालतले दोस्रो पटक गरिएको संसद विघटनलाई बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रमादेश दिएपछि कतै खुसीयाली त कतै विरोध भइरहेको छ ।
अदालतले प्रधानमन्त्री तोक्न पाईदैन भन्दै विरोध गरिएको छ भने संविधानको अदालतले रक्षा गरेको भन्दै खुसीयाली साटासाट गरिएको छ । संयूक्त गठनबन्धनले खुसीयाली मनाई रहेका छन् भने केपी शर्मा ओली निकटका विभिन्न भातृ तथा सुभेच्छुक सगठनले विरोध गरिरहेका छन् ।
कालीकोटमा पनि २८ गतेको सवोच्च अदालतले दिएको प्रमादेशका विषयमा खुसीयाली मनाईएको थियो भने केपी शर्मा ओली निकटका संगठनले विरोध गरेका थिए । तर खुसीयाली मनाउनका लागि संयूक्त गठबन्धनका नेता तथा कार्यकताले प्रतिमा चौकमा दिप प्रज्वलन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको हस्तक्षेपका बाबजुत पनि दिप प्रज्वलन गरेका थिए । तर स्थानीय प्रशासनले विरोध सभा भने खुलेयाम गर्न दिएको छ ।