८ बैशाख २०८१, शनिबार

चोइटिएर गएका पाटी मिले केही फरक पर्दैन– ओली


कालीकोटः नेपाल कम्यूनिष्ट पाटी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनबाट नडराउन आग्रह गरेका छन् ।
उनले चोइटिएर गएका पाटी मिले केही एमालेलाई केही फरक नपर्ने बताए । उनले आगामी निर्वाचनमा गठबन्धनसंग एमाले एक्लै चुनाव लडेर विजयी हुने ठोकुवा गरे । उनले कालीकोटमा पनि गठबन्धसंग एमाले एक्लै चुनाव लड्ने भएकाले कार्यकतालाई प्रचार प्रसारमा व्यापकता दिन निर्देशन दिए । नेकपा एमाले जिल्ला कमिटी कालीकोटले आयोजना गरेको बृहत चुनाबी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कार्यकतालाई यस्तो निर्देशन दिएका हुन् ।
उनले अहिले देशै भरी नेकपा एमालेमा प्रवेश गर्ने लहर चलेको बताउर्दै देशको विकास, सुशासन कायम, भ्रष्टाचारको अन्त्य गर्ने पाटी एमाले भएकाले सवै नागरिकलाई एमालेमा आउन आग्रह गरे । एमाले सरकारमा हुँदा सडक, पुल, मैदान लगायतका विकासीय काम गरेकाले अहिलेको सरकारले विकास गर्न नसकेको आरोप लगाए । उनले भने, जनताले अभिमत दिएर सिहदरवारमा पठाए तर जनतालाई न्याय दिने न्यायलयका ५ जनाले पाटीलाई अन्याय गरेकाले आगामी बैशाख ३० गते पुन जनताले न्याय दिनेमा आफु विश्वस्त छु । उनले भने, ‘कालीकोट जनताको सुख, दुःखमा एमाले साथमा रहेको छ ।’ एमाले हिजो पनि विकास र समृद्धिको पक्षमा थियो । ओलीले कालीकोटको विकासमा आफु सरकारमा हुँदा धेरै काम गरेको बताउर्दै अहिलेको सरकारले कालीकोटको विकासमा उदासिनता देखाएको बताए ।
नेकपा एमालेले देशको भुगोल अनुसारको विकास गरेको ठोकुवा गरे । हिमाल, पहाड र तराइ भएर फैलिएको नेपालको भुगोल अनुसारको विकास एमालेले मात्र गर्न सक्ने उनको भनाई थियो । उनले सुर्खेत जुम्ला जोड्न कर्णाली राजमार्गको स्तरउन्नतिका लागि एमाले सधै सकारात्मक भएकाले पुन एमाले सरकारमा जान पाए कर्णाली राजमार्गको स्तरउन्नति गर्ने आश्वासन दिएका छन् ।