४ बैशाख २०८१, मंगलवार

ओली मान्ममा नपुग्र्दै एमाले नेता शाही काँग्रेसमा प्रवेश


कालीकोटः नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले कालीकोट जिल्ला कमिटीले आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्न कालीकोट नपुग्र्दै नेकपा एमालेका पूर्व जिल्ला कमिटी सदस्य युवा नेता धीरबहादुर शाहीले नेकपा एमाले पाटी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका छन् ।
उनलाई नेपाली काँग्रेसका सभापति अम्बबहादुर शाहीले काँग्रेसमा स्वागत गरेका हुन् । एमालेले आयोजना गरेको बृहत चुनावी सभाको उद्घाटन नहुँदै शाहीले काँग्रेस रोजेका हुन् । उनले बुधबार बेलुका सामाजिक संजालमा स्टाटस लेख्र्दै गुटबन्दीले एमाले थला परिसकेकाले आफुले एमाले छोडेको घोषणा गरेका थिए ।
काँग्रेसमा प्रवेश गर्दै शाहीले, कम्यूनिष्ट पाटी धेरै दिन नटिक्ने बताए । उनले एमालेको स्पष्ट विचार र सिद्दान्त नभएकाले आफु उक्त पाटीमा अट्न नसकेकाले काँग्रेसमा प्रवेश गरेको बताए । उनले अव काँग्रेसमा क्रियाशिल भएर संगठन विस्तार र आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खाडाचक्रमा काँग्रेसलाई विजयी बनाउने ठोकुवा गरे ।
पाटीमा स्वागत गर्दै सभापति अम्बबहादुर शाहीले, काँग्रेसले कुनै पनि आश्वासन दिएर पाटीमा नल्याएको बताए । उनले काँग्रेसका क्रियाकलाप र विपीको विचार सिद्दान्तलाई आत्मसाथ गर्दै शाही काँग्रेसमा प्रवेश गरेको जनाए । उनले काँग्रेस जनताको पाटी, लोकतन्त्रको रक्षक भएकाले अहिले काँग्रेसमा प्रवेश गर्नेको संख्या बढ्दै गएको उल्लेख गरे ।
पाटी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति मीनबहादुर बोगटी, महाधिवेशन प्रतिनिधि हिक्मत बहादुर विष्ट, तारा कुमारी शाह, प्रेमबहादुर शाही लगायतका नेता तथा कार्यकताको उपस्थिति रहेको थियो ।