राकम बजारमा सिसि क्यामरा जडान


दैलेख: नगर सुरक्षित बनाउन नगरका चोकचोकमा सिसि क्यामरा जडान गरिएका छन् ।
दैलेख जिल्लाकाे आठबीस नगरपालिकाले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरि बजार क्षेत्रमा सिसि क्यामरा जडान गरेकाे हाे ।
बजारको शान्ति सुरक्षाका लागि आठबीस नगरपालिकाकाे राकम बजारका विभिन्न ८ स्थानमा क्यामेरा जडान गरिएकाे प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर शाहिले बताए ।
प्रमुख शाहिले अपराध अनुसन्धान, चोरी, लुटपाट रोक्न प्रहरीलाई थप मद्दत पुग्ने अपेक्षा व्यक्त गरे ।