८ बैशाख २०८१, शनिबार

सान्नित्रिवेणीका जनप्रतिनिधिकाे पहिलाे प्राथमिकता सडक


कालिकोट: जिल्लाका शान्नित्रिवणि गाउँपालिका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गरेका छन् ।
अध्यक्ष मोहन केसीले पद भार ग्रहण गर्दै अन्य निर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाएका छन् । सपथ पछि अध्यक्ष केसि र उपाध्यक्ष पार्वती सि्ह संज्यालले रकु हुदै मुम्रा सम्मको सडकलाई पहिलो प्रथामिकतामा राखेका छन्।
नागरिकहरुको आधारभूत आवश्यकता लाई पहिलो प्रथामिकतामा राखेर जनप्रिय काम गर्ने उपाध्यक्ष सिंहले बताइन् । उनले भनिन्, सबैभन्दा पहिले सडकलाई हाम्रो गाउँपालिकाले प्राथामिकतामा राखेको छ। नागरिकहरुका समस्यालाई हामिले मध्यनजर गर्दै सडकलाई प्रमुख प्राथमिकतामा राखेका हाै ।
उनले सान्नित्रिवेणीलाई समृद्ध गाउँपालिका बनाउने उदेश्य समेत रहेको बताइ ।
अध्यक्ष मोहन बहादुर केसीले जनताकाे जनमतलाई खेर जान नदिने बताए । उनले गाउपालिकाकाे बिकासका लागि सबै नागरिकसंग सरसल्लाह गरि काम गर्ने बताए । हामी जनताका सेवक हाै भन्ने कुरालाई आत्मसाथ गरि अघि बढ्ने उनकाे भनाई छ ।