८ बैशाख २०८१, शनिबार

कृषि प्रसार सेवा केन्द्रको स्थापना


कालीकोटः जिल्लाको खाडाचक्र नगरपालिका–३ मा कृषि प्रसार सेवा केन्द्रको स्थापना गरिएको छ । स्थानीय तहमा प्रवाह गरिने सेवालाई छिटो छरितो नागरिकका विचमा पु¥याउनका लागि केन्द्रको स्थापना गरिएको हो ।
खाडाचक्र नगरपालिका–३ का वडाध्यक्ष ददिराम पाण्डेको अध्यक्षता खाडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीको प्रमुख आतिथ्यता कृषि विकास शाखाका प्रमुख प्रर्शुराम काफ्लेको उपस्थितिमा सेवा केन्द्रको उद्घाटन गरिएको छ ।
कृषि शाखाले दिने सेवा सुविधान सेवाग्राहीले प्रभावकारी ढंगलबाट प्राप्त गरुन्, सेवा लिनका लागि नगरपालिकामा आउनुपर्ने झन्झट सामाधान गर्नका लागि सेवा केन्द्र स्थापना गरिएको कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख शाहीले बताए ।
कृषक र पशु सेवाका समस्या वडाबाटै सामाधान हुन भन्ने उद्देश्यले खाडाचक्र नगरपालिका–३ र ४ का नागरिकको समस्यालाई समाधान गर्नका लागि स्थापीत सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना गरिएको कृषि विकास शाखा प्रमुख काफ्लले बताए ।