वडाकाे भवन नगरपालिकालाई
कालिकोट – तिलागुफा नगरपालिका -६ काे नाममा रहेकाे नमुना भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ।
ग्रामीण विकास कार्यक्रम आर.आर एन ( सिडिपी) ले बनाएकाे साे भवन ६ नम्बर वडाकाे नाममा रहेकाे थियाे ।
बुधबार एक कार्यक्रमका बिच नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बुझेका छन । अस्थायी केन्द्र रहेकाे तिलागुफाले भवन पाएकाे छ । कार्यक्रममा नि. प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद चाैलगाई, प्रशासन शाखा प्रमुख नरजंग शाही लगायतका कर्मचारी हरूकाे सहभागीता रहेकाे थियाे ।
यसभन्दा अगाढि वडा कार्यलयकाे नाममा रहेपनि
जिल्लाकै एक नमुना भवनबाट नगरपालिकाकाे सेवा प्रवाह भईरहेकाे थियाे ।
हस्तान्तरण कार्यक्रममा बाेल्दै नगरप्रमुख उपाध्यायले तिलागुफा नगरपालिका अब देशकै उत्कृष्ट बनाउने प्रतिबद्ध गरेका थिए । नमुना नगरपालिका बनाउन सवैकाे सहयाेग रहने समेत बताए ।
नमुना भवनबाट सेवा प्रवाह गर्दै नमुना काम गर्ने बताए ।
कर्णालीपाटी । २० जेष्ठ २०७९, शुक्रबार १८:१२