४ बैशाख २०८१, मंगलवार

कर्णालीका मन्त्रालयको पहिलो पटक लैङ्गिक परीक्षण


सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रालयमा पहिलो पटक लैङ्गिक, समानता तथा सामाजिक समावेशीकरणको परीक्षण कार्यक्रम शुरु गरिएको छ । भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयमा पहिलो लैंगिक समानता तथा सामाजिक समावेशीकरणको प्ररिक्षण कार्यक्रम शुरु भएको हो ।
नीति, कानून योजना, संस्थागत ब्यबस्था, मानव संधान तथा क्षमता विकास, सुशासन तथा उत्तरदायित्व र सेवा प्रबाहका पाँच क्षेत्रमा ७५ वटा सूचकहरुका आधारमा परीक्षण गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश कार्यक्रम कार्यान्वयन इकाइको सहयोग तथा ग्रिन कर्णाली कन्सल्टेन्सी एण्ड टेर्निगं सेन्टर प्रा.लिको सहकार्यमा परिक्षणको आयोजना गरिएको छ ।
बिषय बिज्ञ कशुम बिष्टले सहजीकरण गरेको परीक्षणमा मन्त्रालय अन्तरगतका महाशाखा र शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको छ । ग्रीन कर्णाली कन्सल्टेन्सिका प्रबन्ध निर्देशक लक्ष्मी भट्टराईका अनुसार यो बर्ष कर्णाली प्रदेशका भूमी ब्यबस्था कृषि तथा सहकारी र आन्तरिक मामिला मन्त्रालयको परिक्षण गरिने छ ।