१४ बैशाख २०८१, शुक्रबार

काम नै नगरी खाने प्रवृतिको अन्त्य गर्ने मेरो लक्ष्य रहेको छः उपाध्यक्ष शाह


कालिकोटको नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाह(लिला) बि.स.२०३८ सालमा कालिकोटको नरहरिनाथ गाउँपालिका–८ लालु गाउँको तत्कोटमा जन्मिएका हुन् ।
बुबा चन्दबहादुर शाही र आमा रुक्मादेवि शाहीको कोखमा जन्मिएका शाहका एक दाई दुई जना दिदि रहेका छन् । माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटी सदस्य रहेका शाह २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नरहरिनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा २९१७ मत ल्याएर विजयी भएका थिए । उनै शाहसँग गरिएको संक्षिप्त कुराकानीको अंशः
तपाई गाउँपालिका उपाध्यक्ष निर्वाचित भएपछि भावी योजनाहरु के के छन् ?
हामीले गाउँपालिका भरीका विगतका योजनाहरुलाई निरन्तरता दिँदै पालिका भित्रका नौ वटै वडामा सडक पु¥याउने लक्ष्य राखेका छौं ।
तपाईहरुका विषेश प्राथमिकता के के हुन् ?
जनसरोकार विषयहरु पहिलो प्राथमिकतामा रहेका छन् । द्रोश्रोमा स्वास्थ्य शिक्षामा बिषेश ध्यान दिने योजना बनाएका छौं ।
तपाईलाई योजना अनुगमन र न्यायिक समितिको संयोजक पनि हो ? कसरी यी काम गर्नुहुन्छ ?
म नागरिकको बीचमा गएर ती काम भए वा भएनन् भनेर अगाडी बढ्ने हो । देखेको आफुले जानेका कुरा त्यहाँ राख्ने हो । काम नै नगरी खाने प्रवृतिको अन्त्य गर्ने मेरो लक्ष्य रहेको छ । नागरिकको हित विपरित कुनै काम हुने छैनन् ।
न्या सत्यता भित्र लुकेको हुन्छ । न्याय नागरिकले देखेका हुन्छन् । नागरिकबाट सल्लाह सुझाव लिएर ती काम गर्ने मेरो उद्देश्य रहेको छ ।
तपाईका गाउँपालिका लामो समयदेखि विमानस्थल निर्माण हुँदै छ । त्यसलाई कसरी लिनुभएको छ ?
विमानस्थलको अवस्था अहिले निर्माधिन अवस्थामा रहेको छ । कालोपत्रेको काम हुँदैछ । त्यो विमानस्थलको कालोपत्रेको काम भएपछि सबै राजनीतिक दल प्रबुद्ध वर्ग, अगुवा नागरिकको सल्लाह जिल्लाबासीको अपेक्षा अनुसार नै चाडै सञ्चालनमा ल्याउने प्रयास हुँदैछ । कर्णाली राजमार्गबाट अहिले त्यहाँसम्म पुग्ने सडक पनि निर्माण भइसकेको अवस्था रहेको छ । साउनको पहिलो हप्तातिर ल्याउने योजना रहेको छ ।
आगामी बजेट कस्तो ल्याउनु हुन्छ ?
आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी बिषयबस्तु समेटेर बजेट ल्याउने तयारी गरेका छौं । राजगारी पहिलो प्राथमिकतामा रहेको छ । एउटा एम्बुलेन्स खरिद गरेर गाउँपालिका भित्र सञ्चालन गर्ने योजना रहेको छ । भौतिक पूर्वाधार क्षेत्रमा त्यत्तिकै ध्यान दिएर बजेट ल्याउने काम हुनेछ ।
तपाईहरुले सुशासनका कामलाई कसरी अगाडी बढाउनु हुन्छ ?
मानवको गहना नै सुशासन हो । यसलाई हामीले पूर्ण सुशासनयुक्त गाउँपालिका बनाउने कोशिष गर्नेछौैं । यसका लागि हामीले बिषेश योजना बनाएर अगाडी बढ्ने सोचेका छौं ।