बिकासका नाममा बेथिती, भवन निर्माणमा गुणस्तरहीन


कालीकोटः उपभोक्ता समतिको लापरबाहीपूर्ण तरिकाले गुणस्तरहीन काम गरेको पाइएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका–५ मा उपभोक्ता समितिले गुणस्तरहीन काम गरेका छन् ।
नरहरिनाथ गाउँपालिका–५ मा रहेको जनता माविको ४ कोठे भवन निमार्णमा उपभोक्ता समितिले नै बदमासी गरेको पाइएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको ४० लाखको लागतमा निमार्ण गरिएको २ तले भवन निमार्णमा उपभोक्ता समितिले लार्पवाही गरि गुणस्तरहीन काम गरेका हुन् ।
विद्यालय भवन निर्माणमा कमसल कच्चा पदार्थको बढी प्रयोग गरेको कारणले भवन निर्माण गुणस्तरहीन देखिएको स्थानीय नागरिकले बताएका छन् । सम्झौतापत्रमा उल्लेख नभएको निर्माण सामाग्रीको प्रयोग गरेपछि यहाँका स्थानिय उपभोक्ता समतिले भवन निमार्णमा लार्पवाही गरेको भन्दै गुनासो गरेका छन् ।
जनता माविका विद्यालय व्यवस्थापना समितिका अध्यक्ष प्रेम बहादुर सहकारी भवन निमार्ण उपभोक्ता समितिका अध्यक्षसमेत हुन् । विद्यालय व्यवस्थापन समिति उपभोक्ता समिति रहने गरी निमार्ण सुरु गरिएको भवनमा कमसल सामाग्रीको प्रयोग भएको पाइएको छ । विद्यालयको भवन गुणस्तरीय हुनुपर्ने र स्टिीमेटमा उल्लेख भएअनुसारको काम हुनुपर्ने स्थानीयको माग छ । तर उपभोक्ता समितिले कमसल सामाग्री प्रयोग गरि भवन निमार्ण गरेका छन् ।

‘कमसल सामाग्री प्रयोग गरेको कारणले बनिसकेको भवन भत्किन र छत चर्किने हुनाले तत्काल कमसल सामाग्री हटाउनुपर्छ ।’ एक स्थानीयले भने, ‘भवन निमार्णमा पूर्व जनप्रतिनिधिको पनि मिलेमत्तो रहेको छ, लापरवाहीपूर्ण काम गर्ने उपभोक्ता समिति र गुणस्तरहिन निर्माणमा मिलेमेतामा संलग्न हुनेलाई कारवाही गरिनुपर्छ । आर्थिक वर्ष २०७८÷०७९ मा आएको बजेटबाट भवन निमार्ण कार्य थालिएको हो । भवन असार मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने भएकाले हतारमा काम गरेको जनता माविका प्रधानाध्यापक अनिपाल विकले बताए ।
उनले भने, ‘आज विहान भवनको ढलान थियो, ढलान गर्ने बेला ठुला ढुङ्गा प्रयोग गरेका हुन् मैले यसो गर्नुहुन्न भने मदिरा सेवन गरि कतिपयले पैसा बचाउनुपर्छ, भन्दै प्रयोग गरेका हुन् ।’ शनिवार विहान भवनको ढलान थियो ठुला ढुङ्गा प्रयोग गरेपछि आफुले तत्काल रोक्न भनेको भएपनि नागरिकले नमानेको प्रधानाध्यापकको भनाई छ ।