१६ चैत्र २०८०, शुक्रबार

नेपालमै उत्पादित कोरियनस्तरको सान सोजुको माग बढ्दो, काठमाडौँसहित मुख्य शहरमा उपलब्ध


 

काठमाडौं । विश्वभरी चर्चा कमाईरहेको कोरियाको पेय पदार्थ सोजु नेपाली बजारमा सान सोजुकारुपमा उत्पादन भइरहेको छ । छोटै समयमा सान सोजुले नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । कोरियनस्तरका तथा सस्तो मुल्यमा बिक्रि वितरण भएकाले माग बढीरहेको उत्पादक कम्पनीले बताएको छ ।
कोरियमा राष्ट्रपतिदेखि आम उपभोक्ताहरुले सम्मानपूर्वक आत्मसाथ गरेको सोजु नेपालमा आफ्नै ब्राण्डका साथ स्थापित हुँदै गएको छ । विगतमा निकै महंगो मुल्यमा कोरियाबाट नेपाल ल्याएर उपभोक्ता माझ पुर्याउँदा ३ सय मिलिलिटरको सोजुको झण्डै एकहजार पर्ने गरेको तर हाल नेपालमै उत्पादन गर्दा त्यसको १ सय ७० मा मात्रै बिक्री वितरण भइरहेको बताएको छ ।
लामो समयदेखि कोरियामा व्यवसाय गर्दै आएका नेपाली गैर आवसीय संघका अध्यक्ष विनोद कुँवरको लागनी र पहलमा बाँकेको कोहलपुरस्थित श्री न्यू एभरेष्ट डिष्टीलरी उद्योग प्रा.लि.ले सन् २०२१ बाट नेपालमै उत्पादन सुरु भएको छ । कोरियन प्रविधिबाट उत्पादन भइरहेको सान सोजुको काठमाडौंसहित देशका विभिन्न सहरमा माग बढ्न थालेको कम्पनीले बताएको छ ।
सान सोजुमा १७.२ प्रतिशत अल्कोहल मिसाईकोले त्यसको उपभोक गर्दा स्वास्थ्यलाई हानि नपुर्याउने तथा त्यसलाई पिउँदा निक्खर (नेट) अर्थात पानी नमिसाई चिसो तापक्रममा राखेको उचित हुने विज्ञहरुले बताएका छन् । रोचक कुरा त के छ भने यस पेय पदार्थ पिउनको लागि त्यसको छुट्टै किसिमको गिलासको पनि व्यवस्था गरिएको छ, जुन गिलास भरी नेट पेय राख्ने र एक सुर्कामै पिउन पर्ने हुन्छ । जुन गिलास उपयुक्त ढाँचामा विदेशमा उत्पादन भइरहेको र छिट्टै नेपालमा आउन लागेको उत्पादकले बताएको छ ।
सान सोजुको वितरक (एनडी) हिमालयन सान सोजु प्रा।लिका अनुसार सुरुमा एक हजार कार्टुनबाट उत्पादन सुरु गरेको सान सोजुको माग क्रमशः बढ्न थालेको छ । सोजु काठमाडौँ उपत्यकाका सबै बिग मार्ट स्टोरसहितका अन्य डिपार्टमेन्टल स्टोरमा पाइन्छ ।
बिग मार्ट र सेल्वेजले सुरुमा केही स्टोरमा मात्रै राखेको र माग बढ्न थालेपछि अहिले उपत्यकाका सबै स्टोरमा राखेको कम्पनीले जनाएको छ । दिनमा तीन हजार कर्टुन उत्पादन क्षमता भएपनि अहिले मागअनुसार मात्रै उत्पादन गर्ने गरेको कुँवेर बताए ।
सोजु हालसम्म काठमाडौं उपत्यकासहित पोखरा, बुटवल, बेनी, जोमसोम, तुल्सीपुर, विरेन्द्रननगर, धनगढी, नवलपुर, नारायणगढ, सिमरा, चन्द्रनिगाहपुर, इर्टहरी, धरान, दमक, लगायतका सहरमा पनि पुगिसकेको छ । कम्पनीका अनुसार देशका सातै प्रदेशका दुर्गम जिल्लाहरूमा समेत सान सोजुको विक्री परम्भ भैसकेको छ । विशेषगरी नेपालमा रहेका कोरियन नागरिक, कोरियाबाट फर्केका नेपाली, मुख्य ग्राहक हुन भने चर्चित ब्राण्ड भएकोले अन्य नेपालीहरुले पनि सोजु पिउन थालेका छन् ।