८ बैशाख २०८१, शनिबार

युवा उद्यमीसँग अन्तक्रिया सम्पन


सुर्खेत । कालीकोट जिल्लाको नहरहरिनाथ गाउँपालिकामा मा ‘सहकर्मी समाज’ सुशासनमा नागरिक सहभागीता कार्यक्रम युवा उद्यमी र गाउँ कार्यपालिकाबीचमा अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ । जिल्ला सुशासन अधिकृत चेतराज भट्टको सहजीकरण र गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टको अध्यक्षतामा शुभारम्भ सम्पन भएको हो ।

पालिकामा रहेका सिमान्तकृत समुदायहरुको जिविकापार्जनका गर्ने हिसाबले तीन दिने व्यवसाय तालिम दिई आठ जना युवा उद्यमीहरुका लागि तीन लाख बराबरको सहकर्मी समाजबाट सहयोग प्रदान गरि व्यवसाय सुचारु गरेकाबीचमा अन्र्तक्रिया कार्यक्रम भएको सहकर्र्मी समाजमा सामुदायिक सहजकर्ता अन्नतश्री तिमिल्सेनाले जनाकारी दिए ।

आगामी दिनमा व्यवसायमा प्रयाप्त लाभ लिन सकिने स्थानीय पालिका सरकारले आवश्यक योजना व्यवसाय संचालन गर्ने युवाहरूको लागि सम्बोधन गर्ने आवश्यक बजेट सहित प्रोत्साहन गर्ने गाउँपालिका अध्यक्ष बिष्टले बताए ।

त्यस्तै, बुधबार सहकर्मी समाज सुशासनमा नागरिक सहभागिता कार्यक्रम कालिकोटले नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बिष्टको अध्यक्षतामा सहकर्मी समाजका जिल्ला सुशासन अधिकृत चेतराज भट्टको सहजीकरणमा नवनिर्वाचित गाउँ कार्यपालिकालाई बधाई तथा परियोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको थियो ।