लाेकप्रिय बजेट सहित तिलागुफाकाे नगरसभा सम्पन्न


कालिकाेट : जिल्लाकाे तिलागुफा नगरपालिकाले ११ ओै नगरसभा मार्फत लाेकप्रिय बजेट, नीति तथा कार्यक्रम सार्बजानिक गरेकाे छ । तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायकाे अध्यक्षतामा भएकाे स्थानिय सरकारकाे दाेस्राे कार्यकालकाे प्रथम नगरसभामा नगर उप-प्रमुख महेन्द्रबहादुर शाहीले लाेकप्रिय बजेट, नीति तथा कार्यक्रम सार्बजानिक गरेका हुन् ६१ कराेड ९० लाख ६४ हजार ५ सय २६ अनुमानित बजेट सार्बजानिक गरिएकाे छ । तिलागुफामा बजेट, नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सडक, युवा राेजगारी र उद्यमशीलताालाई विशेष प्राथमिक्ता दिएकाे छ ।
नगर उप- प्रमुख शाहीले नगरका चार वटा बिद्यालयलाई आबाषिय बिद्यालयका रुपमा बिकास गर्ने, शिक्षक नियमित गर्ने बिद्युतिय हाजिर, उत्कृष्ट व्यवस्थापन गर्ने बिद्यालय र उत्कृष्ट अंक ल्याउने चार जना बिद्यार्थीलाई छात्रबृति, आधारभुत तहकाे परीक्षा नगरस्तरिय, सबै ग्रामिण सडक ग्राभेल, हरेक घरमा करेसाबारी बर्षैभरी हरियाे सागपात र तरकारी, रैथाने बाली नगरले खरिद गरि बजारकाे सुनिश्चित्ता गर्ने, गुणस्तरीय काम र शुसासन लयागतकाे लाेकप्रिय कार्यक्रमहरु घाेषणा गरे । यस्तै नगरबासीकाे स्वास्थ्य बिमामा ५० प्रतिशत नगरले बेहाेर्ने, ७० बर्ष माथिका जेष्टनागरिक र गर्भवतिलाइ निशुल्क एम्बुलेन्स सेवा, फरक क्षेमता भएका बालबालिकाहरुलाई घरमै बिद्यालय, बालबिबाह, बाल हिंसा न्युनिकरण, बालमैत्री भाैतिक संरचना निर्माण, बालमैत्री नगर घाेषणा, बालहित काेषकाे निरन्तरता, बढी कर तिर्ने करदातालाई सम्मान गर्ने नीति तथा कार्यक्रममा समेटिएकाे छ ।
तिलागुफा नगरपालिका प्रमुख उपाध्यायले जनताका आधारभुत आबश्यक्ता पूरा हुने गरि नगरले आफ्नाे नीति तथा कार्यक्रम तर्जुमा गरेकाे बताए । उनले जनताकाे सेवा र नगरकाे समृद्वि आफ्नाे मुख्य एजेण्डा रहेकाे भन्दै समृद्विकाे अभियानमा सबैले सकारात्मक सहयाेग गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापती अम्बबहादुर शाहीले सबै जनप्रतिनिधिहरु एक ढिक्का भएर नगरकाे विकास र नागरिककाे सेवामा लाग्नुपर्ने बताए । कार्यक्रमा नेमकिपाका जिल्ला अध्यक्ष खड्कराज शाहीले नगरकाे विकासकाे एजेण्डामा सबै राजनीतिक दलहरु एक ठाऊँमा उभिनुपर्ने बताए । उनले शुसासन र विकास सँगसँगै लिन सबैलाई आग्रह गरे ।
कार्यक्रममा टेकराज शाही, मनराज शाही, ऐनबहादुर शाही, रतन बम, दिनेश चदारा, तारा शाही, धिरेन्द्र थापा लगायतका नेताहरुले तिलागुफाकाे समृद्विका लागि सबैले आ-आफ्नाे ठाऊँबाट पहल लिनुपर्ने बताए । कार्यक्रममा पत्रकार बिस्नप्रसाद न्याैपाने, अधिकारकर्मी सरिता खत्री, दिलिप शाही, नागरिक समाजका अगुवा प्रशान्त शाही लगायतले समृद्विका लागि शुसासनलाई आत्मासाथ गर्दै महिला, बालबालिका, युवा लगायत लक्षित समुदायकाे विकास र सशक्तिकरणमा नगरले लगानी गर्नुपर्नेमा जाेड दिएका थिए ।