८ बैशाख २०८१, शनिबार

स. शि. पालाई आत्म साथ गरि अगाडि बढ्छु: आचार्य


कालीकाेट: जिल्लाकाे शुभकालीका गाउँपालिका अध्यक्ष गाेविन्द्र प्रसाद आचार्यले सडक, शिक्षा र पार्दशिता मुख्य एजेण्डा भएकाे बताएका छन् ।
गाउपालिकाकाे बिकासकाे लागि स.शि.पा लाई आत्मसाथ गरि अगाडि बढ्ने बताएका हुन् । उनले स्थानिय तहमा धेरै सम्भावना हुदाहुदै पनि अघिल्लाे सरकारले अधुरा राखेका काम आफू पूरा गर्ने बताए ।
शुभकालिकामा रास्काेट पछिकाे दाेस्राे मावि बिद्यालय भएपनि शिक्षाकाे गुणस्तर बृद्वी जहाँको त्यहि रहेकाले आफ्नाे कार्यकालमा शिक्षाकाे गुणस्तर बृद्दी गर्ने प्रतिवद्वता गरे । उनले असिना पानिले धेरै नागरिकाे खेतिबालि नष्ट गरेकाले काम गरि खाउ अभियान शुभकालिकामा संचालन गर्ने बताए ।
गाउपालिकाकाे बिकासका लागि भाैतिक पूर्वाधार मुख्य भएकाले यहि बर्ष गाउपालिकालाई सडक संजालमा जाेड्ने धेयका साथ गाउपालिकाले काम गरिरहेकाे बताए । उनले शुभकालिकाका अनाथ, असाय बालबालिकाहरूका लागि आफ्नाे पारिश्रमिकबाट भए पनि कर्णाली काेपिला स्याहार सुसार केन्द्र स्थापना गर्ने जनाए ।
स्थानीय तहले युवाहरूलाई राेजगारि दिन शुभकालिकामा रहेकाे काईनेट खानिकाे उत्खनन्, अल्लाे उद्योगको ब्यवस्थापन, कागज उद्योगको स्तरीकरण गरेर नागरिकलाई गाउमै राेजगार दिने बताए ।