७ बैशाख २०८१, शुक्रबार

चलचित्र शैलानीकाे छायांकन सम्पन्न


 कालीकोट:  जिल्लामा “शैलानी” नामको नेपाली चलचित्र निर्माणका लागि सुटिङ सम्पन्न भएकाे छ ।  यहाँको भौगोलिक, रितिरिवाज र दश वर्षे जनआन्दोलनको अवस्थालाई चरिथार्थ रुपमा वास्तविक अवस्थाका बारेमा कालीकोटको भुगोलमा नेपाली चलचित्र नामक शैलानी निर्माण गरिएकाे हो ।

खाँडाचक्र नगरपालिका वडा नम्बर ११ बदालकोट निवासी निराजन शाहीको लेखक तथा निर्देशनमा चलचित्रमा  निर्माण भएकाे छ । टि.सि.एफ ग्रुपकाे सहयोगमा चलचित्र निर्माण गरिएकाे निर्देशक शाहिले बताए । शाहिका अनुसार जिल्लाकाे शान्नित्रिवेणी गाउपालिकाकाे त्रिवेणी पाटन, स्युना, मालुवा, छेल्तडी लगायतका क्षेत्रमा चलचित्रको छायांकन गरिएकाे छ ।

चलचित्रमा विषेश गरी कालीकोटकै रितिरिवाज, भौगोलीक अवस्थता र दश वर्षे जनआन्दोलनको वास्तविक पिडाबारे कथामा समावेश गरिएको छ ।

चलचित्रमा परिमल नेपाली र जुहारा शाहीकाे मुख्य अभिनय रहेकाे छ भने निर्देशन निराजन शाहिकाे रहेकाे छ । चलचित्र आगामी कार्तिकसम्म बजारमा आउने चलचित्र शैलानीका निर्देशक शाहीले बताए ।