८ जेष्ठ २०८१, मंगलवार

अन्तराष्ट्रिय समन्वय परिषद्काे युरोप क्षेत्रीय सचिवमा अर्याल


युरोप (माल्टा) ।  राष्ट्रिय समन्वय परिषद् माल्टाको तर्फबाट अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्य भुवन अर्याल यूरोप क्षेत्रीय सचिव पदमा मनोनित भएका छन् । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को बैठकले अर्याललाई क्षेत्रीय  सचिवमा मनोनित गरेकाे हाे ।

यूरोप क्षेत्रीय सचिव पदमा मनोनित भएपछि अर्यालले गैर आवासीय नेपालीहरुकाे हक अधिकारका लागि लाग्नुका साथै विभिन्न कामकाे लागि युरोपमा रहेका नेपालीहरुलाई आवश्यक सहयाेग गर्ने बताए । यूरोप क्षेत्रीय समितिले आफूलाई विश्वास गरेको प्रति खुशी भएको भन्दै आफूलाई दिएको जिम्मेवारी इमान्दारीताका साथ पूरा गर्ने प्रतिबद्धता जनाए । उनले आफुलाई जिम्मेवारी दिन भुमिका निर्वाह गर्नै सबंप्रति आभार व्यक्त गरेका छन्।

सुदूरपश्चिम सेवा समाज माल्टाका कोषाध्यक्ष दिनेश नगर्जीले माल्टामा समाजसेवी भुवन अर्यालले नेपालीको सुखदुःखमा साथ दिँदै आएको बताए । गैर आवासीय नेपाली संघ माल्टाको अध्यक्ष भईसकेका अर्यालले आफ्नो कार्यकालमा धेरै राम्रो काम गरेको उनी बताउँछन् । कैलाली घरभई हाल माल्टामा बस्दै आएका तपेन्द्र परियारले माल्टामा विभिन्न समस्यामा परेका नेपालीहरु अर्याललाई भेट्न आउने र उनीहरुका समस्या सुनेर सहयोग गर्ने गरेको बताए ।

नेपालमा रहँदा पनि सामाजिक कार्यमा अग्रसर देखिएका भुवन २८ अगस्ट २०१८ देखि माल्टालाई आफ्नो कर्मथलो बनाएर काम गर्दै आएका छन् । माल्टाबासी नेपालीका सुख दुःखमा साथ दिँदै आएका अर्यालले सन् २०२१ देखि २०२३ सम्म एनआरएनए माल्टाको सफल अध्यक्षको रुपमा जिम्मेवारी पूरागरी कामगरी सकेका छन् ।

अर्यालले २०१८ देखि २०१९ सम्म नेपाल माल्टा कम्युनिटीको सचिव पदमा, त्यसैगरी २०१९ देखि २०२१ सम्म कार्यकालको सचिब पदमा, २०२० देखि २०२१ सम्म नेपाल माल्टा कम्युनिटीको वरिष्ठ उपाध्यक्षका रुपमा अर्यालले जिम्मेवारी सम्हाली सकेकाछन् । सामाजिक कामकै सिलसिलामा पाेर्चुगल, नेदरल्याण्ड,  फ्रान्स, इटाली र बेल्जिएम लगायत यूरोपका १६ देशको उनले भ्रमण गरी सकेका छन् ।